डडेल्धुराको एक विद्यालयले भलिबल प्रतियोगिता आयोजना गर्दै, पुरस्कार राशि ८ लाख

माघ ६ धनगढी
डडेल्धुराको एक विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । परशुराम नगरपालिका–४ कटालमा रहेको भागेश्वर माध्यमिक विद्यालयले ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा खुला पुरुष र महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ८ लाख १ हजार पुरस्कार दिइने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने बताए । त्यस्तै उपविजेताले एक लाख ५१ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए ।

यसैबिच खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष मालले बताए ।

विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस माघ २८ देखि फागुन २ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply