टीकापुर नगरपालिका मा फुटबल प्रतियोगिता को क्वाटर फाइनल सम्पन्न

गणेश क्षेत्री /
माघ ११ धनगढी
टीकापुर नगरपालिका वडान ८ मा स्वास्थ्य का लागि खेलकुद रास्ट्र का लागि खेलकुद भन्ने नाराका साथ भएको वडा स्तरिय खेलकुद प्रतियोगिता को क्वाटर फाइनल खेल सप्पन्न भएको छ

आज भएको पहिलो खेल वडान ६ र वडान ८बि का बिच भएको थियो ! वडान ८ बि ले सुन्यका विरुद्ध ४ गोल गरेर बिजयि भएको थियो ।
दोस्रो खेल वडान ८ सि र वडान ७ ए का बिच भएको थियो ।वडान ७ ए ले सुन्यका विरुद्ध ३ गोल गरेर बिजयि भएको थियो

भोलि हुने सेमिफाइनल प्रतियोगितामा पहिलो खेल १२ बजे वडान ५ र वडान ७ ए का बिच हुनेछ भने दोस्रो प्रतियोगिता वडा नम्बर ८ बि र वडान ९ ए का बिच हुने छ

त्यसैगरी मैत्रीपूर्ण पहिलो खेल वडान ७ र वडान ८ का बिच हुनेछ भने दोस्रो मैत्रीपूर्ण खेल वडान ९ र वडान ६ का बिच ११ बजे हुने खेलकुद संयोजक केपि उपाध्याय ले बताउनुभयो

खेलकुद प्रतियोगिता मा उपस्थित टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा ले खेल निकै रोमाञ्चक भइरहेको बताउनुभयो ! प्रतिस्पर्धात्मक खेल छ युवाहरू मा नयाँ जोश जाँगर ले भरिएको छ ! आगामी दिनहरुमा हुने खेलकुद प्रतियोगितामा टीकापुर नगरपालिका ले सधैं सहयोग गर्ने मेयर डगौरा ले बताउनुभयो

फाइनलमा बिजयि हुने प्रथम टिम ले५१ हजार र सिल्ड प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिम ले ३१ हजार , सिल्ड प्रमाणपत्र रहेको छ भने बेस्ट प्लेयर, बेस्ट डिफेन्डर , बेस्ट किपर,राइजिङ प्लेयर, बेस्ट स्कोरक लाइ जनहि १ हजार ५ सय प्रदान गरिने वडान ८ का खेलकुद संयोजक केपि उपाध्याय ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply