माघ १२ धनगढी
सुदुरपश्चिमका दुई जिल्लाबाट भारतबाट भन्सार छली नेपाल ल्याईएका ५ लाख ७० हजार ३१० मुल्यको सामान प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका केही स्थानबाट सो मुल्यको सामान प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको धनगढी २ ट्राफिक चौराहा, गोदावरी ४ बनदेबि मन्दिर नजिक र कैलारी ३ शिवरत्नपुरबाट भन्सार छलि गरि ल्याएका मूल्य रु।३,६४,९१०।– बराबरको कस्मेटिक समान, फेन्सी कपडा, सुर्ती, चक्लेट, कुरकुरे, नल्का,भडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुर, भिमदत्त ११ भुजेलाबाट रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,४००। बराबरको चिनी, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको हो ।