खानेपानीको चौथो साधारण सभा सम्पन्न

माघ १२ धनगढी
कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो साधारण सभा सम्पन्न भएको छ । शनिवार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख वीरेन्द्र भट्टले गोदावरीमै विकट वडामा व्यवस्थित रूपले खानेपानी वितरण भइरहेको बताए । उनले निकै चुनौतीका बिच ओलानीमा खानेपानी वितरण भइरहेको बताउँदै यसमा वडा र नगरको पनि लगानी रहेको बताए । ‘खानेपानी सबैभन्दा ठुलो मानिसको नैसर्गिक अधिकार हो । हामी स्वस्थ्य रहेनौ भने हाम्रो अगाडि बढ्न सक्दैनौ’ उनले भने ‘हावाहुरी जाँदा पनि अहिले खानेपानी सेवा अवरुद्ध हुने अवस्था छ । त्यसैले यस पटक हामी नगरपालिकाबाट जेनरेटर जडानका लागि सहयोग गर्छौ । त्यसपछि बत्ती गएको बेला पनि खानेपानी सेवा पुग्छ ।’

गोदावरी खानेपानीमा हाल १ हजार १९४ उपभोक्ता रहेका छन् । गोदावरी खानेपानीका अध्यक्ष कृष्ण विकले हाल २ वटा बोरिङबाट खानेपानी उत्पादन गरिरहेको बताए । एक बोरिङ थप गरेर आगामी दिनमा ओलानी क्षेत्रमा २४ घण्टा खानेपानी वितरण गर्ने योजना रहेको उनले बताए ।

यसैबिच साधारण सभामा खानेपानी समितिले यस वर्ष २२ लाख आम्दानी गरेको जनाइएको छ । अध्यक्ष विकले यस वर्ष समितिले २२ लाख २० हजार २१ रुपैयाँ आम्दानी गरेको बताए ।

उद्घाटन सत्रमा गोदावरी नगरपालिका ११ का वडा अध्यक्ष प्रेम बहादुर बडैला, वडा नम्बर १२ का वडा अध्यक्ष भीम खड्का लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, खानेपानी उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply