एसईई आइडलको अनलाइन प्रतिस्पर्धा सुरु

माघ १२ धनगढी
सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलक‍ो चौथो संस्करणका अडिसनबाट प्राप्त भिडियोहरु आज बाट फेसबुकमा अपलोड गर्ने काम सुरु भएसँगै अनलाइन प्रतिस्पर्धा सुरु भएको छ ।

भिडियो अपलोड कार्य सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशीलेले शुभारम्भ गरेका थिए ।राज्यले गर्नुपर्ने काम सु.प. भरि नै पुगेर एउटा व्यक्ति र संस्थाले गरिरहेकाले यो सह्रानीय कार्य भएको उपकुलपती ज‍ोशीले बताए ।


फेसबुकमा अपलोड भएका प्रतिस्पर्धीका प्रतियोगी भिडियोमा प्राप्त फेसबुक भ्युज र भिडियो हेरी निर्णायकले दिने अंकका आधारमा प्रतिस्पर्धी अघिल्ला चरणमा जाने वा नजाने भन्ने निर्क्यौल हुने भएकाले आजबाट प्रतियोगित्मक चरण सुरु भएको कुरा आयोजक संस्था प्रभात मिडिया एण्ड इभेन्टका अध्यक्ष प्रकाश छेडालले बताए ।

यस प्रतियोगितामा नृत्य र गायन दुवै तर्फका विजेतालाई रु. जनही ७५-७५ हजार नगद र कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ती, नृत्य र गायन दुवै तर्फका उप-विजेतालाई रु. जनही ३०-३० हजार नगद र कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ती प्रदान गरिनेछ ।

एसईई आइडलको सेमीफाईनल आउँदो बैशाख २० गते, शनिबारका दिन होटल पौवा, धनगढीमा र फाईनल आउँदो जेठ ३१ गते, शनिबारका दिन ओम प्यालेस, धनगढीमा सम्पन्न हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply