लागूऔषधसहित चार जना पक्राउ

माघ १३ धनगढी
कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरमा सोही ठाँउ बस्ने २२ वर्षीय बिष्णु रावलसहित दुई जना युवक पक्राउ परेको प्रहरीले जनाएको छ ।

दुबै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रि–गाभा ट्याब्लेट ६७ पिस लागुऔषधसहित इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको जनाइएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार व्यारेल नजिकबाट सोही ठाँउ बस्ने २४ वर्षीया ललिता रानाले चलाएको से.६ प.६०५४ नम्बरको मोटरसाईकल र पछाडी सवार २४ वर्षकै मनिता चौधरी पक्राउ परेकी हुन ।

उनीहरू दुबैलाई ८६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply