गणेश क्षेत्री /
माघ १६ धनगढी
नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद ले टीकापुर ८ धनसिंहपुर बटनपुरमा दुई दिने थारु सांस्कृतिक तथा माघि मिलन कार्यक्रम गरेकाे छ ।

जनजाति महासंघका वडान ८ का अध्यक्ष जितराम चौधरी को सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा प्रमुख अतिथि रहनुभएको थियो
प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डागाैंरा थारुले टीकापुर सुदुर पश्चिम प्रदेश को सम्भावना बाेकेकाे ठाउँ भएकोले पार्टीगत र जातियता को कुरालाई थाति राखेर सहकार्य गरेमा टीकापुरमा बिकाश को मुल फुट्ने बताउनुभयो
मेयर थारुले टीकापुर पार्क, विभिन्न सांस्कृतिक, भेषभुषाले, पर्यटन प्रबर्द्धनमा सहयाेग गर्ने र विकासमा सहयाेग गर्ने बताउनुभयाे । उहाँले समय परिवर्तन सगै नयाँ पुस्ताकाे भबिस्य निर्माणमा लाग्नुपर्ने बाताउनुभयाे
संविधानमा भएको हक अधिकार सबैले पाउनुपर्ने र आपसि झैझगडा ले भएको अधिकार पनि गुम्ने हुनाले सबै सचेत हुनुपर्ने मेयर डगौराले बताउनुभयो
कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बरको ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले टुक्रे राजिनतीले समाज नबन्ने भएकाले अबका दिनमा जातिय, क्षेत्रिय राजनिति गर्न नहुने बताउनुभयाे। उहाले स्थानिय सरकारले सबै जाति समुदायलाई समेटेर माघि मिलन, घांसे मेला जस्ता कार्यक्रम गरेकाे बताउनु भयाे
वडान ४ का अध्यक्ष लालबिर चौधरीले पहिला नेपालि र त्यसपछि मात्रै बिभिन्न जातजाति भएर हेर्नुपर्ने बताउनुभयो
वडान ६ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने ले थारु कला र संस्कृति को जगेर्ना राज्यले गर्नुपर्ने बताउनुभयो । अध्यक्ष न्यौपाने ले आफ्नो अधिकार खोज्दा अर्काको अधिकार खोसिने होकि भनेर सबै सचेत हुनुपर्ने बताउनुभयो
९ का वडा अध्यक्ष लाैटन चाैधरीले टीकापुर नगरपालिका मा बसोबास गर्ने सम्पुर्ण समुदायलाई सांस्कृतिक कार्यक्रमले एउटै ठाउँमा ल्याउन सहयाेग गरेकाे बाताउनुभायाे । कार्यक्रमका सभापति नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद ८ नम्बर वडा अध्यक्ष जितराम चौधरी ले सबै समुदाय एक आपसमा मिलेर बसेमा आपसि सद्भाब कायम हुने र बिकाश निर्माण द्रुत गतिमा बढ्ने बताउदै माघिमिलन तथा थारु साँस्कृतिक कार्यक्रम मा सबै समुदाय , ब्यापारी , संघ सस्थाको सहयोग रहेको बताउनुभयो
कार्यक्रममा कांग्रेस नेता शेरबहादुर साउद, नेकपा एमालेका नेता मिनबहादुर कठायत, नेकपा माओवादिका नगर अध्यक्ष धनसिंह साउद लगाएतले बाेल्नुभएकाे थियोे ।
कार्यक्रममा ब्यापक जनसहभागिता रहेको थियो भने थारु भेषभुसामा सजियका कलाकार हरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।भोलि १७ गते थारु रास्ट्रिय कलाकार को साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने भएकोले सबै आमजनसमुदायमा ११ बजे उपस्थिति को लागि अनुरोध आयोजक ले गरेका छन्



