टीकापुर ८ थारु साँस्कृतिक तथा माघिमिलन कार्यक्रम सम्पन्न

गणेश क्षेत्री १७ माघ २०८१
धनगढी – नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद को टीकापुर ८ धनसिंहपुर बटनपुरमा दुई दिने थारु सांस्कृतिक तथा माघि मिलन कार्यक्रम भब्यताका साथ सप्पन्न भएको छ
कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ वडान ८ का संयोजक जितराम चौधरी को सभापतित्वमा भएको हो
आज कार्यक्रम को दोस्रो तथा अन्तिम दिनमा बिभिन्न समुह ले नाच र रास्ट्रिय स्तरका थारु कलाकार ले गित र नृत्य प्रस्तुत गरेका थिए

आज भएको नाचमा प्रथम सखिया नाच बनगाँउ , दोस्रो बटनपुरको डफ गित , तेस्रो उच्च बनगाँउ मघौटा नाच ले प्राप्त गरेका छन् भने
त्त्यसैगरि सुर्यपुर मघौटा नाच , फाँटा , त्रिभुवन माबि बटनपुर , रास्ट्रिय आधारभुत अरुणाफाटा , बन्जरिया डफ गित ले सान्त्वना प्राप्त गरेका छन्
साँस्कृतिक कार्यक्रम मा मनोरंजन का साथै आर्थिक संकलन को लागि चिट्ठा कार्यक्रम गरिएकोमा प्रथम पुरुस्कार १० हजार रुपैयाँ राजु चौधरी , दोस्रो पुरुस्कार ३ हजार रुपैयाँ मिनादेबि चौधरी ले प्राप्त गरेका छन् भने सान्त्वना पुरुस्कार जनहि १ हजार ५ सयका दरले रोबिता नेपाली , अरबिन चौधरी ,कन्चन ठकुल्ला , सेते ठकुल्ला, जयन्ति साउद , बिक्रम थारु र मन्जु ठकुल्ला ले प्राप्त गरेका छन्
स्थानीय समाजसेबि तथा पुर्ब शिक्षक रण बहादुर साउँद्ले कार्यक्रम भब्यताका साथ सप्पन्न भएको बताउनुभयो ! साउँदले यो ८ नम्बर वडाले मात्रै गरेको कार्यक्रम मा उत्साहजनक सहभागीता रहयो भने ४ वडा मिल्यो भने त महोत्सव नै लगाएपनि सफल हुने बताउमुभयो
सभापति को आसन बाट बोल्दै जितराम चौधरी ले कार्यक्रम सफल पार्न हरेक तह तप्का र समुदाय को उत्साहजनक सहभागिता र सुझाब को खुलेर प्रसंसा गर्नुभयो
फुटेर होइन जुटेर जुनसुकै कार्य गरेका सफलता मिल्छ भन्ने यो कार्यक्रम को सफलता ले बताएको सभापति चौधरी ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply