धनबहादुर बिक –
धनगढी,२२ माघ
कञ्चनपुर को पुनर्वास मा रहेको श्री जीवन ज्योति माविले सरस्वती माताको पुजा संगै यसै बिद्यालय बाट अध्ययन गरि प्रहरी को उच्च पदमा बढुवा हुने नवराज अधिकारी लाई सम्मान गरेको छ ।
जीवन ज्योति बिधालय मा प्राथमिक स्तर अध्ययन गरेका पुनर्वास ६ निवासी नवराज अधिकारीलाई शुक्रबार सरस्वती पुजा को अवसरमा सम्मान गरिएको हो ।
पुनर्वास नगरपालिका ६ निवासी अग्रज समाजसेवी तथा जीवन ज्योति माविका पुर्व शिक्षक हरि प्रसाद अधिकारी का छोरा नबराज अधिकारी नेपाल प्रहरी को उच्च पद(एस पि ) बाट (एस एस पी) पदमा हालै बढुवा भई संघिय राजधानी काठमाण्डौंमा सरूवा हुनुभएको खुसियालीमा बिद्यालय ले उनलाई सम्मान गरेको हो ।
पुनर्वासको माटोमा जन्मियर हुर्कियर तथा शिक्षा आर्जन गरि देशको उच्च स्थानमा पुग्नु यो भन्दा खुसीको कुरा अरू के हुनसक्छ बिद्यालय का पुर्व अध्यक्ष बिजयराज हमालले आफ्नो विचारमा भने ।
कार्यक्रममा यसै बिद्यालय बाट अध्ययन गरेकि छात्रा तथा अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियन खेलाडी स्वस्तिमा तिरूवा को् समेत चर्चा गरिएको थियो ।भबिस्यमा अवसर जुराई स्वस्तिमा लाई पनि सम्मान गरिने प्र अ बस्नेतले बताए ।
आफ्नो बिद्यालय बाट अध्ययन गरि आफैंले पढाएको बिध्यार्थि नेपाल सरकारको गरिमामय उच्च प्रहरी पदमा जिम्मेवारी प्राप्त गरेकोमा खुसी लागेको ले बिधालय एबम आफ्नै गाउँ मा स्वागत एबम सम्मान गरिएको बिद्यालय का प्रअ भरत कुमार बस्नेतले बताए ।
बिद्यालय ले सरस्वती पुजाको अवसरमा औपचारिक रूपमा सम्मान कार्यक्रमको आयोजना गरेको थियोे ।
सम्मानित ब्याक्ती नवराज अधिकारी को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पुनर्वास नगरपालिका वडा नम्बर वडा अध्यक्ष मित्र सिंह लामा सभापति रहेका थिए ।
सो अवसरमा बिद्यालय व्यवस्थापन समिति सदस्य , पुर्व शिक्षक हरू , बिद्यालय का शिक्षकशिक्षिका स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
अधिकारीलाई खादा र माला पहिर्यायर सम्मान गरिएको थियो । आफुले पढेको बिद्यालय तथा आफुलाई पढाउने शिक्षकशिक्षिका बाट सम्मान हुन पाउँदा खुसी लागेको नवराज अधिकारीले बताए ।
कार्यक्रम लाई समापन गर्दै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मित्र सिंह लामाले नवराज अधिकारी हाम्रो पुनर्वासको गौरब को रूपमा हामीले बुझेका छौ ।
उहाँ यो भन्दापनि अझ माथिल्लो स्थानमा पुग्नुहुनेछ भनी लामाले शुभकामना दिएका थिए ।
कार्यक्रम को सञ्चालन शिक्षक चन्द्र ढकालले गरेका थिए ।