धनगढी,२२ माघ
कैलालीबाट प्रहरीले घुम्ती पसलमा गाँजा सेवन गरिरहेका ४ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका – ११ झन्झटपुर स्थित सडक किनारमा स्थानीय ३८ वर्षीय तुलाराम चौधरीले सञ्चालन गरेको घुम्ती पसलबाट गाँजा सेवन गरिरहेको अवस्थामा ४ जना पक्राउ गरेका हुन ।
पक्राउ पर्नेमा तुलाराम सहित सोही ठाउँका ३१ वर्षीय श्रवण कुमार चौधरी, २७ वर्षीय अजय चौधरी र २१ वर्षीय विवश चौधरी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरूको साथबाट ७० ग्राम लागू औषध गाँजा र गाँजा सेवन गर्न प्रयोग गरेको पाइप सहितको बोतल पनि बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1