कृष्णपुर अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नं. ६ को बिजयी सुरुवात

हेमा भट्ट
२३ माघ २०८१
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा अध्यक्ष कप अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
कृष्णपुर नगरपालिका–९ को आयोजनामा राजघाट खेलमैदानमा संचालित प्रतियोगिताको नगर प्रमुख हेमराज ओझाले एकदिन अगाडि खेल उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओझाले खेलकुद राष्ट्रको सान र पहिचान हो यसले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्छ यो हामी सारा नेपालिको गौरव भएकाले यसलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्छ । कृष्णपुर नगरपालिका अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडीको किल्ला रहेको समेत मन्तव्य गरेका थिए । प्रतियोगितामा कृष्णपुर नगरका ९ वडाका टिमको सहभागिता रहेको छ । यसैबिच बुधबार भएको खेलमा वडा न ६ बिजयी भएको छ । आयोजक वडा न ९ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वडा न ६ ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत बिहीबार दिउँसो १ हुने पहिलो खेलमा वडा न १ र वडा न ३ भिड्नेछन् । ३ बजे वडा नम्बर २ र वडा नम्बर ४ दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply