हेमा भट्ट
२६ शनिबार २०८१
कञ्चनपुर : थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम कञ्चनपुरको जिल्ला भेला शनिबार कृष्णपुर ६ सिंहपुर सामुदायिक वनको सभा हलमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला अध्यक्ष अमिन प्रसाद दहीतको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देविलाल चौधरी प्रमुख अतिथि थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मला जाेशी बडाल, गाेविन्द विक, कञ्चनपुर जिल्ला संयोजक खेमराज पाण्डे निवर्तमान सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जाेशी लगायतको अतिथिहरुको उपस्थिति थियो । माओवादी केन्द्र निकट मोर्चाका नेता तथा कार्यकर्ता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । भेलाले आजै मोर्चाको जिल्ला अध्यक्षमा जोगराज चौधरी लगायत अन्य सदस्य चयन गरिएको थारु राष्ट्रिय मुक्तिमाेर्चा कञ्चनपुर जिल्ला अध्यक्ष अमिन दहीतले बताए ।



