आज ३० औँ जनयुद्ध दिवस देशभरी विवित कार्यक्रम

फागुन १ धनगढी
ठिक तीन दशक अघि फागुन १ गते जनताको अधिकारका लागि थालिएको जनयुद्ध शुरुवात गरेकै दिन हो । आज जनताको राजनैतिक अधिकार प्रांप्तीका लागि जनयुद्ध शुरुवात गरेकै दिन हरेक फागुन १ मा माओवादी घटक राजनीतिक दलले जनयुद्ध दिवस मनाउँदै आएका छन । यस बर्ष पनि गाँउदेखि शहरसम्मै, देश तथा विदेशमा ३० औँ जनयुद्ध दिवस मनाईदै छ । २९ बर्ष अघि ०५२ सालमा संविधान सभाबाट नयाँ संिवधान, राजतन्त्रको अन्त्य,संघीय लोकतान्त्रिक गणतन्त्र, जनवादी व्यवस्था हुनुपर्ने एजेण्डा अघि सारेर थालिएको जनयुद्ध ५ मंसिर ०६३ मा विस्तृत शान्ति सम्झौता गरिएको थियो । ०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेपछि ०७० मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचन भएपछि संविधान निर्माण भयो ।

संविधान निर्माण भएपछि पहिलो पटक मुलक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेस ग¥यो, त्यसपछी ०७४ मा स्थानीय, प्रदेश र संघीय सभा सदस्य निर्वाचनसंगै दोस्रो पटक गत ०७९ मंसिर ४ मा सम्पन्न भएको पालिका, प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा मुल माओवादी सत्तामा त्यसबाट फुटेर गएका अन्य माओवादी घटक सत्ता बाहिर भएपनि जनयुद्ध दिवस भने सबैले मनाउँदै आएका छन । जनयुद्ध र युद्धपछिका बेला माओवादीले जनयुद्ध शुरु गरेको दिनलाई उत्सवकै दिवसका रुपमा मनाउँदै आएका छन । तत्तकालिन माओवादी नेतृत्वमा सरकार भएका बेलामा पनि जनयुद्ध दिवसकै दिन सार्वजनिक विदा पनि दिईएको थियो ।

नेपालमा एकात्मक शासन व्यवस्थाले ग्रामिण दुर दराजका जनता राजनीतिक, आर्थिक, समाजिक हक अधिकारबाट उपेक्षित भएको भन्दै माओवादीले विद्यमान व्यवस्था परिर्वतनका लागि युद्ध नै थालेको थियो । जनयुद्धले थुप्रै उपलब्धी हक अधिकार स्थापित गरेपनि जनताको उपलब्धी अनुरुप सेवा सुविधा नपाएको अवस्था छ । मुलुकमा विद्यमान राजतन्त्र व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि माओवादीले थालेको युद्धका क्रममा हजारौँ जनताले ज्यान गुमाए, सहिद भए । तर, जनयुद्ध अनुरुप अहिले आम विपन्न जनतालाई आधारभूत हक अधिकार प्रत्याभूति नभएको भन्दै आलोचना समेत भईरहेको छ । संगै युद्ध लडेका केही माओवादी घटक सत्ता र केही सत्ता बाहिर छन । माओवादी धारका केही नेताहरुले छुट्टाछुट्टै संसदीय व्यवस्था अन्त्य हुनुपर्ने एजेण्डा अघि सार्दै आएका छन । युद्धका बेलासंगै दिवस मनाएका माओवादी नेताहरु अहिलेसम्म टुटफुटको संकारमा पुगेपनि छुट्टाछुट्टै एव एकल रुपमा जनयुद्ध दिवस मनाउन थालेका छन । उनीहरुले जनयुद्ध दिवसकै उपज आज मुलुक यहाँसम्म आईपुगेको नेपाली जनतालाई थुप्रै राजनीतिक हक अधिकार समाजिक न्याय प्रत्याभूति भएको भन्दै जनयुद्ध शुरुवात गरेकै दिन दिवस मनाईरहेका छन ।

विगतमा जनयुद्ध मनाउँदै आएका केही माओवादी अन्य दलमा प्रवेस गरेसंगै उनीहरुले विचार लिगेकी त्यागेसंगै उनीहरुले दिवस नमनाउने गरेको पाईन्छ । माओवादी युद्धबाटै उदाएर एक पटक देशकै नेतृत्व गरेका डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा(नयाँ शक्ति)ले भने जनयुद्ध दिवसलाई खासै मनाएको पाईदैन । माओवाद लिगेशी भएका माओवादी घटक राजनीतिक दल, तिनका भातृ संघ संगठन, नेता कार्यहरुले जनयुद्ध दिवस मनाउदै आएका छन ।

देशैभरी जनयुद्ध दिवस मनाउने कार्यक्तम अन्र्तरगत कञ्चनपुरमा पनि माओवादी घटक राजनीतिक दलहरुले विवित कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने भएका छन । नेकपा माओवादी केन्द्र जो अहिले सत्ताको नेतृत्वमा छ । माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा जनयुद्ध दिवसकै दिन शुभकामना आदानप्रदान एव साँझ दिप प्रज्वलन गरेर दिवस मनाउने जनाएको छ ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले दिवसलाई जिल्लाभरी मनाउने बताए । उनका अनुसार बिहान जिल्ला पाटी कार्यालयमा शुभकामना आदान प्रदान तथा रक्तदान गरिनेछ । शुभकामना आदानप्रदान गरी दिवस मनाउने र साँझ जिल्लाका सबै पालिका वडाहरुमा दिप प्रज्वलन गरेर दिवस मनाईने बताए । ‘हामी सहिद र सहिदले देखाएको बाटोमा उन्मुख हुन उत्प्रेरित गछौँ, ‘उनले भने, ‘दिवसलाई आत्मसाथ गरेर वैज्ञानिक समाजवादी निर्माणका लागि अघि बढछौँ ।’

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले जनयुद्ध दिवसकै अवसमा पार्टीले विवित कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने बताए । उनका अनुसार समाजिक काम, बेदकोट पर्यटकीय स्थलको प्रचारप्रसार, सरसफाई एव साभ्m दिप प्रज्वलनदेखि शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवस मनाईनेछ । ‘अधुरो क्रान्ति सहित वैज्ञानिक समाजवाद निर्माणको प्रतिज्ञा सहित दिवस मनाउँछौँ, ‘उनले भने, ‘जनयुद्ध दिवसलाई प्रतिबद्धता दिवस मानेर देश र जनताका लागि काम गछौँ ।’

नेकपा बहुमत कञ्चनपुरका इन्चार्ज हरिस दयाल(सहदेव)ले आम जनताको सहयोगमा आफुहरु प्रत्यक्ष जनयुद्धमा होमिएको स्मरण गराउँदै जनयुद्ध दिवस पाटीले पनि मनाउने बताए । उनले जनयुद्धकै उपज अहिलेको उपलब्धी आएको बताउँदै अझैपनि थुप्रै उपलब्धी कार्यान्वयन गर्न बाँकी रहेको बताए । उनले जिल्लामा शुभकामना आदान प्रदान, दिपावली सहितका कार्यक्रम गरेर दिवस मनाउन लागेको बताए ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका संयोजक विष्णूराम दमाईले विवित कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताए । उनका अनुसार जनयुद्धमा शुभकामना आदान प्रदान सहित दिप प्रज्वलन, सहित वेपत्ता परिवारसंग भेटघाट गर्ने बताए । यसका साथै विवित समाजिक काम गरेर दिवस मनाउने बताए । ‘दिवस मनाउँछौँ, ‘यो ईतिहास हो, जनयुद्धको मर्म भावना अनुरुप थप राजनीतिक उपलब्धीका लागि नेता कार्यकर्तालाई उत्प्रेरित गराउँछौँ ।’

जनताले माओवादी घटक राजनीतिक दलहरुसग जनयुद्धको मर्म अनुरुप देश र जनातको पक्षमा व्यवहारिक रुपमा काम गर्न अनुरोध गरेका छन । सरकारले जनयुद्ध दिवसको अवसरमा अघिल्लो बर्षदेखि देशभर सार्वजनिक विदा दिएपनि यस गत बर्षदेखि सर्वोच्चले कटौती गरेको छ । तैपनि कतिपय स्थानीय सरकारले समेत विदा दिवस दिवस मनाईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply