टीकापुर ६ मा बृहत साँस्कृतिक मेला

गणेश क्षेत्री /
फागुन १ धनगढी

उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय का माननिय मन्त्री लक्ष्मण किशोर चौधरी ले बृहत साँस्कृतिक मेला को एक कार्यक्रम का बिच उद्घाटन गर्नुभएको छ

टीकापुर नगरपालिका वडान ६ बेलुवामा सन्चालन हुनलागेको ३ दिने बृहत सांस्कृतिक मेला स्टार युवा क्लब बसन्ताका अध्यक्ष राकेश चौधरी को सभापतित्वमा भएको कार्यक्रमको मन्त्री चौधरी ले कार्यक्रम का बिच उद्घाटन गर्नुभएको हो

प्रमुख अतिथि मन्त्री लक्ष्मण किशोर चौधरी ले यो कार्यक्रम ले कला र संस्कृति को जगेर्ना गर्न नयाँ आयाम थपिने बताउनुभयो
मन्त्री चौधरी ले यो क्षेत्रको बिकाश गर्न बाहिरको आएर गर्ने होइनन् त्यसैले आपसि वैमनस्यता र पार्टीलाइ छोडेर हातेमालो गरेर सबै एकजुट भएमा मात्रै बिकाश को मुल फुट्ने बताउनुभयो

चौधरी ले आफुपनि कला र संस्कृति प्रेमि भएको र दशकौ अघि हटाइ कुहिरा लगाएतको थारुचलचित्र बनाएको बताउदै कलाको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो

आज भएको कार्यक्रममा लक्ष्मी चौधरी मोडेल, कृतिका चौधरी मोडेल बिवस जि एच ,सुधराम दहित ,संगत चौधरी , प्रेम चौधरी लगायत ले आकर्षक प्रस्तुति गरेका थिए

भोलि १० बजेदेखि हुने कार्यक्रममा स्टार युवा क्लब का अध्यक्ष राकेश चौधरी ले रास्ट्रिय कलाकार मोडेल अमिशा लामा, प्रीतु चौधरी ,बिजय चौधरी को आकर्षक प्रस्तुति हुनेछ भने स्थानीय कलाकार को पनि आकर्षक नृत्य प्रस्तुत हुने बताउनुभयो

कार्यक्रम मा स्वागत वडान ६ का अध्यक्ष बलिराम चौधरी ले गर्नुभएको कार्यक्रम को सन्चालन रामसेवक महतो ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply