हेमा भट्ट
फागुन ७ धनगढी
सैपाल ग्यास ले आफ्नो उपभोक्ताको लागि मन्त्र हस्पिटल मा उपचार गर्दा सहुलियत छुट योजना ल्याएको छ
जस अन्तर्रगत उपभोक्ताहरुले स्वास्थ्य सम्बन्धि उपचार गर्दा छुट पाउने भएका छन्
योजना अन्तर्गत भिमदत्त नगरपालिकाकाे कञ्चनपुरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र सैपाल ग्यास प्रा. लि. गोदावरी १ बीच आजका दिनदेखि मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा १ बर्षको लागि सम्झौता भएको छ सम्झौता भएको छ । (पहिलो पक्ष) र सैपाल ग्यास प्रा.लि. गोदावरी १ यस पछी (दोस्रो पक्ष) का बीच हस्पिटल बाट उपलब्ध हुने सेवा तथा सुबिधाका बिषयमा दुवै पक्षहरु बिभिन्न सर्तहरु को पालना गर्दै सैपाल ग्यास उपभोक्ता हस्पिटल सहुलियत योजना को सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरी सम्झौता गरेका छन् जस अन्तर्रगत
१- प्रथम पक्षले दोस्रो पक्षबाट प्रमाणित भई आयको सेवा ग्राहीलाई हस्पिटलमा उपलब्ध सेवा उपलब्ध गराउनु पर्ने छ।
२-नियमित ओपिडीमा २५% प्रतिशत छुट सेवा उपलब्ध गराउनेछ बिदाका दिन र भिजिटर डाक्टर मा पूर्ण शुल्क लाग्नेछ ।
३- इको र एनपिएल र सेवामा १०% छुट उपलब्ध गराउनेछ ।
४- इन्डोस्कोपीमा १०% छुट उपलब्ध गराउनेछ ।
५- बेड भर्ना जनरल तर्फ १५% छुट गराउनेछ ।
६- USG मा १०% प्रतिशत छुट उपलब्ध गराउनेछ ।
७- इसीजी मा १०% छुट उपलब्ध गराउनेछ
८- प्याथोलोजी जाचमा १०% छुट उपलब्ध गराउनेछ ।
९- गाइनोक्लोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी मा ७-१०% छुट उपलब्ध गराउनेछ ।
१०- आइसीयु एनआइसीयु र भर्ना मा १५% छुट उपलब्ध गराउनेछ ।
११- ल्याप्रोस्कोपिक सर्जरी मा ७% छुट उपलब्ध गराउनेछ ।
१२- क्याबिन / Post-Operative Room भर्ना मा २०% छुट उपलब्ध गराउनेछ ।
१३ फार्मेसी मा ५% छुट उपलब्ध गराउनेछ ।
दोश्रो पक्षले पालना गर्नु पर्ने नियम
१-दोश्रो पक्षको कार्यालय परिसरमा प्रथम पक्षको बारेमा जानकारी दिने फ्लेक्स राख्ने ठाउ उपलब्ध गराउनेछ ।
२-दोस्रो पक्षले आफ्ना ग्राहकहरु लाई प्रमाणित कागज वा परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ।
३- दोश्रो पक्षले कानुनले बर्जित गरेको वा अबैधानिक ठहरीएको कुनैपनि कामका लागि कुनै प्रकार को दवाब दिन मिल्नेछैन ।
दुई पक्ष बीच भएको यो सम्झौता पत्र आजका मिति बाट १ बर्षका लागी हुनेछ। यस बिचमा कुनै पनि भइपरी आउने समस्या लाई आपसी समितीमा समाधान गरिनेछ ।
दुई पक्ष बीच भएको यो सम्झौता पत्र आजका मिति बाट १ बर्षका लागी रहेकोे छ। यस बिचमा कुनै पनि भइपरी आउने समस्या लाई आपसी समितीमा समाधान गरिनेछ ।
प्रथम पक्ष मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि .का निर्देशक डाक्टर गोविन्द राेकाया र दोस्रो पक्ष मार्केटिंग म्यानेजर, सैपाल ग्यास प्रा.लि.गोदावरी १ बिजौराका मनाेज दाहाल बिच सम्झौतापत्र भएको छ।




