सुदूरपश्चिमलाई चिनाउन महायज्ञले टेवा पुर्‍याउन्छ : मुख्यमन्त्री शाह

फागुन २१ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन श्रीमद भागवत ज्ञान महायज्ञले थप टेवा पु-याउने बताएका छन् ।

बुधबार धनगढीमा सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकार धर्म,संस्कृतिको संरक्षण एवं सम्वद्र्धनका लागि क्रियाशील रहेको बताए । वैदिक सनातन धर्म, संस्कृति तथा धार्मिक क्षेत्रको सम्वद्र्धनका लागि सरकारले थ्रुपै काम गरेको उनले बताए ।

उनले भने ‘कथावाचिका पूज्य राधिका दासज्यूले धर्म र ज्ञानलाई सर्वत्र फैलाउन महत्वपूर्ण योगदान पु-याउने भएको छ, उहाँमा अलौकिक, अदृश्य शक्ति प्राप्त हुन्छ, भगवानको वास्तविक अनुकम्पा प्राप्त हुन्छ, नजिकबाट वाणी सुन्ने अवसर प्राप्त भयो, त्यसका लागि आफूलाई भाग्यमानी ठान्दछु ।’

फागुन २७ गते सम्म चल्ने श्रीमदभागवत कथा सप्ताह ज्ञान महायज्ञमा भागवत मन्जरी पुज्या राधिका दासीबाट प्रवचन तथा कथावाचन हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा सास्कृतिक संग्राहलय स्थापनाका लागि महायज्ञ आयोजना गरिएको साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डे बताए ।
महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोल महोत्सव स्थलमा सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply