गणेश क्षेत्री
फागुन २१ धनगढी -राजापुर नगरपालिका ४ को कर्णाली सामुदायिक बनमा रात्रीको ११ बजे प्रहरी को मिलेमतोमा काठ तस्करि हुदै गर्दा ३६ क्युफिट सिसौ सहित चालक पक्राउ परेका छन्
तस्करिमा प्रयोग भएको २ वटा अटाे र एक जना चालक बाँधु थारु लाइ सामुदायिक बन का उपभोक्ताहरुले नियन्त्रणमा लिएर प्रहरी लाइ बुझाएको अध्यक्ष शिब मनि शर्माले बताउनुभयो ! पक्राउ परेका चौधरी ले हुलमुलमा अन्यलाइ भने नसमातेर आफुलाइ बलिको बोका बनाएको बताए ! काठ काट्न लगाउने ब्यक्ति इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी सङ्गै ५० मिटरको दुरिमा भएको कटेजमा रहेको चालक ले बताए
इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले काठ तस्करीमा प्रहरी को सङ्लग्नता नरहेको बताउनुभयो ! सरल स्वभाव का बोहरा फेरि कुहिरोको काग भएका छन्
मुद्दा फाँटका प्रहरी नायब निरीक्षक जनक रावल ले ले एक जनालाई पक्राउ गरेको बताउनुभयो ! पक्राउ परेका अटाे चालक ले प्रहरी को सङ्लग्नता छ भनेर भन्दाभन्दै पनि प्रहरी ले छानबिन नै नगरेको र फरार हरुलाइ पक्राउ गर्न कुनै पहल नगरेर बन को काम हो भनेर प्रहरी पन्छिएको उपभोक्ता को आरोप छ
नजिकै रहेको सरस्वती सामुदायिक बन का अध्यक्ष शर्मा चौधरी ले रात्री मा चोरि गरेर काठ कटानि हुँदा प्रहरी ५० मिटर नजिकैको कटेजमा तस्कर सङ्ग बसेको बताउनुभयो
काठ तस्कर पक्राउ परेको सुनेर ३ किलोमीटर टाढा रहेको लालमिपुर सामुदायिक बनका अध्यक्ष माधु प्रसाद चौधरी ले १२ वटा शिसौका रुख आफ्नो सामुदायिक बन बाट काटिएको ले पत्ता लाग्छ कि भनेर आएको बताए
राजापुर सब डिभिजन बन कार्यालयका वरिष्ठ बन अधिकृत राजेन्द्र तिमिल्सिना ले कानुन बमोजिम कार्बाहि गर्ने बताउनुभयो
काठ चोरि गरेर काट्ने ६ जनालाई पक्राउ गर्न प्रहरी उदासिन हुनु अनि पक्राउ परेका अटाे चालक ले प्रहरी नै तस्कर सङ्ग नजिकैको कटेजमा बसेर सुरक्षा प्रदान गरेको भनेर बयान दिनाले पनि प्रहरीको मिलेमतो भएको प्रष्ट देखिन्छ ! मुद्दा फाँटका प्रहरि नायब निरीक्षक जनक रावल ले समेत प्रहरी मुछिएपछि पनि बनको काम हो भनेर गैर जिम्मेवार जवाफ दिनाले पनि प्रहरीको मिलेमतो भएको प्रष्ट देखिन्छ