कञ्चनपुरमा मिटरब्याजले गरे आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको सुरुवात

हेमा भट्ट
२५ फागुन २०८१
कञ्चनपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको सुरुवात गरेका छन् । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले आइतबार महेन्द्रनगरमा अभियानको सुरुवात गरेका छन् । उनीहरुले महेन्द्रनगरमा जुलुस निकालेर जिल्ला प्रशासनमा धर्ना सहित ज्ञापनपत्र बुझाएका छन् ।

गत माघ १४ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले एक बृहत घोषणा सभा आयोजना गरी देशैभर आर्थिक शोषण विरुद्ध जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो। विगत लामो समयदेखि देशमा आर्थिक असमानता चरम अवस्थामा उत्पादनका प्रमुख श्रोतहरू सीमित वर्गको हातमा नियन्त्रित रहेकोले श्रमको उचित मूल्यांकन नहुँदा श्रम गरेर जिविको पार्जन गर्ने वर्ग सबैभन्दा बढी प्रभावित रहेको जनाए । गरिब वर्गको पहुँच बैंकिङ सुविधासम्म नपुग्दा गरिब जनता मिटरब्याजी हरुको अधिनमा रहेको र ठूला उद्योगपति तथा व्यवसायिक घरानाहरुलाई राज्यले विशेष लाभ उपलब्ध गराउनाले आम नागरिकको आर्थिक अवस्था दिनप्रतिदिन दद्यानीय बन्दै वित्तीय साक्षरताको अभावले गर्दा अधिकांश ग्रामिण बेगका जनता आर्थिक शोषणाको चपेठामा परेकोले आधारभूत आवस्यकताको परिपुर्ति गर्न समेत चर्को व्याजदरमा ऋण लिनुपर्ने बाध्यता नियति बनिसकेको सराेकारवाला बताउँछन् । राज्यको पूर्ण सेवा सुविधाबाट बञ्चित उत्पीडित अपहेलित वर्गका जनताहरुलाई माफियाहरुले आफ्‌नो चंगुलमा पारेर घरबार विहीन बनाएकाे पिडित भन्छन् ।

देशमा सबैभन्दा बढी जनसंख्याको बसोबास गर्ने तराई मधेशका जनताहरु वित्तीय संस्था तथा मिटरब्याज प्रथाबाट चरम शोषणमा परेका कारण । स्वयम् राज्यले नै प्रत्यक्ष रुपमा बहुसंख्यक श्रमिक, किसान निम्न मध्यम वर्गीय नागरिक तथा गरिब समुदायलाई निरन्तर आर्थिक रुपमा शोषण गरिरहेको बताए । दलाल पुँजीपति तथा उद्योगपतिहरूसँग मिलेर राज्यले श्रमजीवी वर्गलाई अझै बढी शोषण गर्ने नीति निर्माण तथा अवलम्बन गरिरहेको वित्तीय संस्थाहरूको अपारदर्शी कार्यप्रणाली र आर्थीक शोषणलाई नोज समर्थन गरिनुले आम नागरिकलाई आर्थिक रुपमा असहाय बनाएको छ । घरबारविहिन बनाईएको छ । किसानले गरिखाने मजदुरको मजदुरी लुटिएको छ। साना व्यावसायीहरु टीट पठितहका छन्। उत्पीडि सिकार बनिरहेका छन् उत्पीडित जाती हरु निरन्तर शोषण र विभेदमा परेका छन् ।

मिटरब्याजहरु समस्या समाधानका लागि विगत ४ वर्षदेसी संधर्ष सम्बन्धी परेका निवेदन उपर लिलामी प्रक्रिया रोक्ने र सम्पतीको हक हस्तान्तरण भएको सम्पुर्ण प्रकिया पुर्नबहाली गरिनुपर्ने तथा सम्पुर्ण फर्जी लिखतलाई मन्त्रीपरिषद् स्तरीय निर्णयबाट अबैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने महत्वपूर्ण माग अघि सारेका छन् । फर्जी लिखतका आधारमा दर्ता भएका मुद्दाको सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्दै सरकारले कानूनी समाधानको पाटोलाई प्रभावकारी बनाउन मिटरब्याज सम्बन्धि शक्तिशाली कानुन निर्माण गर्नुपर्दछ। मिटरब्याजी साहुहरुले पीडितको चेक बाउन्स गरी बैंकिङ कसुर वा चेक अनादर मुद्धामा जानु अधि नेपाल प्रहरीले दुवै पक्षलाई छलफलमा राखि कारोबारको वैधताबारे अनुसन्धान गर्ने र फैसाला भईसकेको भए पुनरावलोकन गर्ने व्यवस्था गर्नुपर्ने पिडितकाे माग छ । मिटरब्याजी साहुमहाजनलाई तत्काल प्रकाउ गरि उनीहरूका सम्पत्ति खानविन गरी साहु‌महाजनबाट पीडित‌माथि भएका घटनाहरुमा कारबाही, क्षतिपूर्ति भराउने सम्बन्धमा जोडदार माग राखेका छन् ।

हामीले ४४ दिने अभियान अन्तर्गत जिल्ला अदालत घेराऊ गरि न्यायालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मिटरब्याजी साहहरुका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा सामूहिक जाहेरी दरखास्त दिएको जानकारी गराए, सरकारले गरेको सहमती कार्यान्वयन हुन्छ भन्ने आशामा छौं तर सरकारको नियत ने पीडितलाई उपेक्षा गरि महाजनको पक्षपोषण गर्ने रहेको देखिन्छ । हामी बेधानिक संघर्ष गरिरहेका छौं। सत्याग्रहरुपी न्यायीक संघर्ष हाम्रो मुख्य कार्यीदेशा हो । त्यसकारण आज फागुन २५ गते देशैभरका जिल्ला प्रशासन कार्यालयका शान्तिपूर्ण धर्ना दिईरहेका छौं । अब भने हामी राज्यको दमन र मिटरब्याजी साहु‌महाजनको थप शोषणलाई निरिहतापूर्वक सहनेवाला छैनौं। हामी प्रतिकार गर्न बाध्य हुनपुगेका छौ ।

अझैपनि मागलाई सम्बोधन नगरी निरन्तर मिटरब्याज लगायत वित्तीय शोषणलाई बढावा दिइएमा हामी थप सशक्त आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुनेछौं पिडितकाे माग छ। सरकारले जनताको हित विपरीत कथित वितीय कानुनहरु बनाउने साहुमहाजन र दलाल पूँजीपतिहरूको स्वार्थअनुसार पीडितमाथी दमल गर्ने कार्य गरिरहेमा त्यसविरुद्ध देशव्यापी संघर्ष गर्ने चेतावनी दिएका छन् । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी केन्द्र सरकारलाई माग सम्बोधनका साथै आवश्यक पहलकद‌मी लिइदिनु हुन अनुरोध गर्दै शापन पत्र पेस गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply