हाेली पर्वतको अवसरमा कञ्चनपुरका पत्रकारहरु हाेली खेल्दै

फागुन २७ धनगढी

फागु पूर्णिमाका अवसरमा खेलिने होली पर्वका अवसरमा कञ्चनपुरमा क्रियाशील पत्रकारहरूले होली खेलिरहेका छन् । आफ्नो परम्परा तथा संस्कृति जगेर्ना र स्वास्थ्य समस्याबाट गुज्रिरहेका पत्रकारहरूको उपचारार्थ सहयोगका लागि कोष स्थापना गर्न होली कार्यक्रम भइरहेको छ ।

होली कार्यक्रममा कञ्चनपुरमका विभिन्न सञ्चार संस्थाहरूमा आबद्ध पत्रकारहरू रहेका छन्। भोलि कार्यक्रम २०८१ मा सहभागी नेपाल पत्रकार महासंघका शाखा कंचनपुरका कोषाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार मोहन बिष्टले ‘होली हाम्रो संस्कृति हुनुका साथै भोलिमा प्राप्त हुने भेटीबाट पत्रकारहरूको सहयोगार्थ कोषको स्थापना गर्न लागिएको बताउनुभयो ।’

महेन्द्रनगर लगायत जिल्लाका विभिन्न स्थानहरूमा गएर होली खेलिरहेका पत्रकारहरूले सामाजिक विकृति र विसंगति विरुद्धको सचेतनामूलक होली बनिरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष तथा जनसरोकार दैनिकका सहसम्पादक अरुण भट्टले सबै सक्रिय पत्रकारहरु मिलेर खेलिरहेको होलीले सामाजिक सन्देश दिनुका साथै आफ्नो संस्कार संस्कृति जगेर्ना र अप्ठ्यारोमा परेका पत्रकार हरूको सहयोगार्थ कोष स्थापना गर्न लागिएको बताउनुभयो।

कञ्चनपुरमा क्रियाशील पत्रकारहरूले खेलिरहेको होलीमा विभिन्न सामाजिक तथा राजनीतिक र सरकारी क्षेत्रमा आबद्ध व्यक्तिहरु पनि सहभागी भइरहेका छन्।
होली कार्यक्रम सञ्चालन गर्न जनसरोकार दैनिकले प्रायोजन गरेको छ। जन सरोकार दैनिकका प्रकाशक तथा प्रेस सेन्टर नेपालका सचिव राजेन्द्र अवस्थीले पत्रकारहरूबीचको भाइचारा तथा हाम्रो संस्कृतिका लागि होली खेलिरहेको बताउनुभयो ।

कञ्चनपुरमा विभिन्न सामाजिक संघसंस्थाको होली कार्यक्रम भइरहेको छ। कञ्चनपुरका क्रियाशील पत्रकारहरू हरेक वर्ष एकआपसमा होली खेल्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply