हेमा भट्ट वैशाख २७
धनगढी, कैलाली – नवजीवन सहकारी संस्था लिमिटेड को ३२औँ चुनावी वार्षिक साधारण सभा २०८३ लाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बनेको छ। जेठ ०९ गते शनिवार हुने निर्वाचनका लागि केशव राज मिश्र नेतृत्वको प्यानलले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै सदस्यहरूलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेको छ।
सञ्चालक समिति सदस्य पदका उम्मेदवारमध्ये क्र.सं. २७ का युवा तथा सक्रिय सहकारीकर्मी सुरज बहादुर रैकाले आफूलाई अमूल्य मत दिई विजयी गराउन सम्पूर्ण शेयर सदस्यहरूसँग हार्दिक अनुरोध गरेका छन्। सहकारी क्षेत्रमा लामो समयदेखि सक्रिय रैकाले सहकार्य, पारदर्शिता र स्वरोजगारमुखी योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

केशव राज मिश्र प्यानल अन्तर्गत अध्यक्षमा केशव राज मिश्र, उपाध्यक्षमा उपेन्द्र विष्टसहित विभिन्न पदमा अनुभवी तथा सक्रिय उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। सञ्चालक समिति सदस्यतर्फ गिरीराज भण्डारी, नरेन्द्र राज अवस्थी, भेष बहादुर बम, योगेन्द्र मल्ल (योगेश), राजेन्द्र प्रसाद जोशी, सुरज बहादुर रैका तथा हिक्मत बहादुर कुँवर उम्मेदवार रहेका छन् भने लेखा सुपरिवेक्षक समितितर्फ चेतराज जोशी, टेकराज जोशी र दिलिप रोक्का क्षेत्री उम्मेदवार रहेका छन्।
“सहकारीका सात मर्म, तदअनुसार गर्नेछौं कर्म” भन्ने मूल नारासहित मैदानमा उत्रिएको यो प्यानलले सहकारीमा स्वरोजगार, पारदर्शी नेतृत्व र सदस्यहितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
विशेषगरी युवा पुस्तामाझ लोकप्रिय मानिएका सुरज बहादुर रैकाको उम्मेदवारीले चुनावी माहोल थप रोचक बनेको छ। सहकारीको विकास, सदस्यको हित र सामूहिक सहकार्यलाई केन्द्रमा राखेर अघि बढ्ने उनको प्रतिबद्धताप्रति सदस्यहरू सकारात्मक देखिएका छन्।
