हेमा भट्ट
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापाको उपस्थितिमै पार्टीभित्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबारे प्रश्न उठाएका छन्।
कांग्रेसभित्रको आन्तरिक छलफल तथा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले देउवालाई प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिइएको विषयप्रति असन्तोष व्यक्त गर्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ मागे।
उनले देउवाको राजनीतिक योगदानलाई बेवास्ता गरिएको हो कि भन्ने आशंका गर्दै यस्तो निर्णय किन र कसरी भयो भन्नेबारे प्रष्ट हुनुपर्ने धारणा राखे। साथै, पार्टीभित्र एकता र सम्मानको वातावरण कायम गर्नुपर्नेमा जोड दिए।
सभापति गगन थापा उपस्थित रहेको अवस्थामा उठाइएको यो अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक बहसलाई थप सतहमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
