वैशाख २४
धनगढी – एम.बि.एल. अग्नि सुरक्षाका प्रबन्ध निर्देशक ज्युको वैवाहिक वर्षगाँठ कञ्चनपुरको कृष्णपुरस्थित गाउँघर रेस्टुुरेन्टमा भव्य तथा उल्लासमय वातावरणमा मनाइएको छ।
परिवार, आफन्त, व्यवसायिक, शुभेच्छुक तथा मित्रगणको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा पारिवारिक खुसीसँगै व्यवसायिक सफलता,आपसी सम्बन्धको महत्वबारे समेत विशेष चर्चा गरिएको थियो। कार्यक्रममा सहभागीहरूले एम.बि.एल. अग्नि सुरक्षाले अग्नि सुरक्षा क्षेत्रमा पुर्याउँदै आएको गुणस्तरीय, विश्वासिलो र प्रभावकारी सेवाको खुलेर प्रशंसा गरेका थिए।


समारोहमा शुभकामना आदानप्रदान, सांगीतिक मनोरञ्जन, आत्मीय भेटघाट तथा सामूहिक भोजले थप रौनकता थपेको थियो। सकारात्मक सोच, सामाजिक सद्भाव र आत्मीय संस्कृतिले भरिएको उक्त कार्यक्रमले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै व्यवसायलाई अगाडि बढाउने प्रेरणादायी सन्देश दिएको सहभागीहरूको भनाइ थियो।


वैवाहिक जीवनको यो सुन्दर यात्राले आगामी दिनमा अझ बढी सुख, समृद्धि, सफल व्यवसायिक उचाइ र सामाजिक सम्मान दिलाओस् भन्ने शुभेच्छा व्यक्त गरिएको थियो









