अमर गाेकुल सामुदायिक वनको १७ औं वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट २७ फागुन २०८१
कञ्चनपुर – पुनर्वास नगरपालिका ११ स्थित श्री अमर गाेकुल सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सामुदायिक वनको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तुलसी अर्यालले वन ढडेलो नियन्त्रण, चोरी पैठारीकोको अन्त्य र उपभोक्तालाई उत्पादनमूलक कार्यमा जोड्ने गरी काम गर्न अध्यक्ष अर्यालले आग्रह गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उहाँले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको बताउँदै उहाँले पछिल्लो समय सामुदायिक वनले विभिन्न सामाजिक कार्यहरू गरेको भन्दै प्रशन्सा गर्नुभएको थियो।

अमर गाेकुल सामुदायिक वनका अध्यक्ष मानबहादुर थापाले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताउनुभयो । उहाले जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकताअनुसार वितरण गरिएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि फेकाेफन कञ्चनपुरका संयोजक शिवदत्त पन्तले सामुदायिक वन सङ्गको सहकार्यमा स्थानीयलाई रोजगारी दिने खालका कार्ययोजना र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने नीति तय गर्न अहिलेको आवश्यकता बताए।

कार्यक्रममा सिएफसिसि माेहना कैलालीका उपाध्यक्ष तथा सीता सामुदायिक वनका अध्यक्ष

पुनाराम चौधरी,वन रक्षक महेन्द्र कलेल, जनप्रतिनिधि वडा सदस्य लगायत समाजसेवी बुद्धिजीवी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा समुहका कोषाध्यक्ष द्वारा आर्थिक प्रतिवेदन तथा लेखा संयोजले लेखा सुपरिवेक्षण प्रतिवेदन वाचन गर्नु भएको थियो ।
समुहका उपाध्यक्ष हिमानी धामीको स्वागत तथा सचिव साेम वानियाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply