चैत ५ धनगढी
कैलालीको धनगढी उपमहानगरपालिका–६ श्रीलङ्का टोलका कृष्ण चौधरीको आजकाल अधिकांश समय माछा पोखरीमै बित्ने गर्छ । उनले बिगत ४ वर्षदेखि व्यवसायिक माछापालन गर्दै आएका छन् ।
उनले घरछेउको एक कठ्ठा जग्गामा साना दुई वटा पोखरी बनाएर माछा पालिन गर्दै आएका छन् । माछापालनबाट राम्रै आम्दानी हुने गरेको उनी बताउँछन् । उनले माछापालनबाट वार्षिक दुई लाख आम्दानी गर्ने गरेको बताए ।
उनले भने ‘रोजगारी केही भएन् । आम्दानी श्रोत नहुँदा घरखर्च चलाउन मुस्किल हुन थाल्यो । त्यसपछि आफूले केही व्यवसाय गर्नुपर्ट भनेर यसमा लागेको हुँ । राम्रै भएको छ ।’
उनले कमनग्रास,रोहु,नैनी लगायतका माछापालन गर्ने गरेको । उनले भने ‘माछा पालनबाट राम्रो आम्दानी हुने गरेको छ । कामको खोजीमा बाहिर जानु परेको छैन् । घरमै काम गरेर घरखर्च चलेको छ । पाँच जनाको परिवार छ । सबै खर्च यसै व्यवसायबाट धानेको छु ।’
उनले माछा सहजै बिक्री हुने गरेको बताउँदै थोकमा प्रतिकिलो तीन सयका दरले माछा बिक्री गर्ने गरेको उनले बताए ।
उनले भने ‘आम्दानीसँगै आफूले पनि ताजा माछा खान मिलेको छ । यो व्यवसायबाट म सन्तुष्ट छु ।’ उनले यो सँगै स्थानीय जातका कुखुरापालन पनि गरेका छन् । उनले भने ‘मैले स्थानीय जातका कुखुरा बिक्रीबाट बार्षिक एक लाख आम्दानी हुने गरेको छ । अहिले ७०÷८० ओटा कुखुरा खोरमा छन् । यसबाट पनि आम्दानी भएकै छ ।’
उनले बङ्गुर पालन योजनामा रहेको बताउँदै खोर निर्माण गरिरहेको बताए । उनले भने ‘व्यवसायिक रुपमा बङ्गुर पनि पाल्ने योजना छ । अहिले व्यवस्थित खोर बनाउँदै छु । केही बङ्गुर पनि पालेको छु ।’ साभार निशाना न्युज
