तपेन्द्र बिष्ट
चैत ६ धनगढी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–०७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटी पुर्नगठन गरेको छ । बुधबार शुक्लाफाँटा नगरपालिका –०७ मा बहादुर ऐरको अध्यक्षतामा कमिटी गठन गरेको हो । धर्मानन्द बडुको अध्यक्षतामा २१ जना सदस्यीय कमिटी गठन गरिएको छ ।
बहादुर ऐरको अध्यक्षतामा प्रमुख अतिथी राप्रपा सह–प्रवक्ता तथा केन्द्रीय सदस्य पूर्ण बहादुर चन्द रहेका थिए भने बिशिष्ट अतिथी सुप प्रदेश सदस्य जित बहादुर भण्डारी, क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बम र अतिथि राप्रपा महिला केन्द्रीय सदस्य लक्ष्मी चन्द सिह, नगर अध्यक्ष हिक्मत रतोकी, राप्रपा युवक संगठनका केन्द्रिय सदस्य तपेन्द्र बिष्ट, ललित हमाल लगायतका वडा, नगर कमिटी सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिवेशनबाट उपाध्यक्षमा गजेन्द्र बहादुर धानुक, मान बहादुर ठगुन्ना, गौरा भट्ट, सचिव गज बहादुर चन्द, सह–सचिव हिरा बिष्ट भण्डारी, कोषाध्यक्ष जित बहादुर महरा रहेका छन् भने सदस्यहरुमा लाल सिंह ढुंगाल, पुस्कर सिंह, मनिराज जोशी, बहादुर सिंह ऐर, मिन बहादुर धानुक, मान बहादुर बोहरा, शंकर धामी, धनपती भट्ट, मदन सिंह धामी, जालपा देवी सिंह, गौर सिंह बोहरा, चन्द्र देव जोशी, भुवनेश्वरी चन्द पनेरु, जित सिंह भण्डारी सर्वसम्मत चयन भएका छन । राप्रपा केन्द्रीय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला क्षेत्र नं. ०२ का क्षेत्रीय अध्यक्ष बम बहादुर बमले जानकारी दिएका छन ।
