खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व हो : प्रदेश प्रमुख मियाँ

चैत ८ धनगढी
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व रहेको बताएका छन् । खखडेहरा पर्वको अवसरमा शुक्रबार एक शुभकामना सन्देश व्यक्त गर्दै उनले यो पर्वलाई रानाथारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिएको बताए ।

पर्वले राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै पुरानो पुस्ताबाट नयाँ पुस्ताले संस्कृति अनुशरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ ।

‘सामाजिक सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धताका माध्यमबाट राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ , ‘यस्ता पर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउँदै आगामी दिनमा निरन्तरता दिनका लागि पुरानो पुस्ताबाट नयाँ पुस्ताको नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न आवश्यक छ।’

उनले खडखडेहरा पर्व २०८१ ले सबै नेपालीजनमा नयाँ उत्साह सुख,समृद्धि र उमङ्ग छर्दै न्यायपूर्ण सभ्य सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पनि कामना गरेका छन् ।

पश्चिम तराइका आदिवासी रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा रहेको होरीको समापनका रूपमा खख्डेहरा मनाइन्छ । राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply