चैत ९ धनगढी
६०औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (१२मार्च ) छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ ८ चैत, २०८१सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेद विरुद्ध प्रदर्शन दबाउन खोज्दा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरुको मृत्यु भएको थियो । यस विषयमा विश्वभर आवाज उठेपश्चात संयुक्त राष्ट्र संघबाट २१ मार्च १९६५ मा सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भयो । यसै सन्दर्भमा २१ मार्चलाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको रुपमा मनाउन शुरू गरेको पाइन्छ । नेपालमा पनि छुवाछूत तथा जातीय भेदभाव विरुद्धको दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आइएको छ । ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (मार्च २१) नेपाल पक्ष भएको संयुक्त राष्ट्र संघद्वारा जारी जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धिमा भेदभावका कारण पीडित व्यक्ति वा समूहका अधिकारको संरक्षण र संवद्र्धन गर्ने उल्लेख गरिएको छ । नेपालको संविधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हकको व्यवस्था छ । यसका साथै जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ मा समेत छुवाछूत तथा जातीय भेदभावजन्य कसूरलाई दण्डनीय अपराधको रुपमा उल्लेख गरिएको छ । यस्ता संवैधानिक तथा कानूनी व्यवस्था भए तापनि प्रत्यक्षरुपमा छुवाछूत तथा भेदभावजन्य कार्यहरु भइरहेको र सामाजिक सञ्जालबाट समेत भेदभाव तथा घृणाजन्य शब्दहरुको प्रयोग गरी मानव मर्यादामा समेत आँच पु-याउने पाइएको छ । अत ः जातीय विभेदका सबै घटनाहरुको सूक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन, समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गर्नु पर्छ जातीय विभेदमुक्त समाजको वातावरण सुनिश्चित गर्न नेपाल सरकार सामाजिक संघसंस्था राजनीति दल सबै को दाईत्व हो । साथै, समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा समाज का सबै बुद्धिजीवी सामाजिक ब्याक्तित्व हरु को पनि अहम भुमिका हुनु पर्छ।जाति र धर्म ले भौतिक जगत लाई कमजोर बनाउदै लग्छ । भौगोलिक श्रम गर्ने बिसाल जनसमुदाय लाई समाजको वास्तविक चालक शक्ति मानु पर्ने हो तर धर्म र जात वर्ण व्यवस्था ले श्रमिक वर्ग लाई मुख्य चालक शक्ति मान्दैनन् ।सबै मानिस का बिचमा उच निच भेदभाव को बिजारोपण गर्छ । जस कारण मानिस मानिस बिच फुट को पुनर्उत्पादन भै रहेको छ जुन समाजमा मानिसमा एकता हुनपाउदैन समाज ले प्रगति र गति लिन सक्दैनन् जातीय वर्ण व्यवस्था ले मानिस हरुलाई आफ्नो प्रतिभा अनुसार क्षेत्र काम मा जान बाट रोक्छ यसरी जात ले मानव समाज लाई गति लिन बाट रोकेको छ्समाज बिक शीत हुन पसुदैन जात कै कार्ण ले नेपाल मा थुप्रै घट्ना गटदै आयेका छ्न जारिय भेदभावपूर्ण ब्याबाहार सामाजिक अपराध हो । यस्लाई सबै मिलि जातीय वर्ण व्यवस्था को अन्त्य गर्नु पर्छ । नेकपा( माओवादी केन्द्र ) केन्द्रिय सदस्य
