स्थानीय सेवा ऐन तत्काल जारी हुन्छ : मुख्यमन्त्री शाह

चैत १० धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।

आइतबार चार बुँदे ध्यानाकर्षणसहित अनुरोध गरिएको मागमात्र लिएर गाउँपालिका राष्ट्रिय महासंघ नेपालको टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो । टोलीबाट मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले छिट्टै नै प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गर्न लागेको बताए ।

महासंघ नेपालका उपाध्यक्ष उत्तमबहादुर रोकायाद्धारा हस्ताक्षरित मागपत्रमा स्थानीय सेवा ऐन तत्काल जारी गर्नुपर्ने, समपुरक र बिशेष अनुदान, स्थानीय सरकारको क्षमता अभिबृद्धीका गतिविधिहरु सञ्चालनका लागि पिएलजीएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त कार्यक्रम गर्नमा सहजीकरण गरि दिने र महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको लागि श्रोत उपलब्ध गराइ दिने माग रहेका छन ।

मुख्यमन्त्री कमलबहादुर शाहले महासंघको पहिलो बुँदा स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकार लागि परेको बताए । उनले बाँकी बुँदाका सन्दर्भमा आवश्यक छलफल र समन्वय गरी सम्बोधन गरिने बताए । महासंघका तर्फबाट सहसचिव डम्मरबहादुर विसी, कोषाध्याक्ष जमनसिंह धामी,सदस्यहरु बसन्त चलाउने, माधवी जोशी र कर्ण साउँद लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply