नेपाल-भारत सीमा क्षेत्रका समस्या समाधानका लागि मैत्री संघले गरायाे छलफल

चैत १० धनगढी
उत्तराखण्डका मुख्यन्त्री धामीले यस्ता प्रतिबद्धता जनाए

नेपाल भारत मैत्री संघ कञ्चनपुरका महासचिव माधव जोशीको संयोजकत्व तथा व्यवस्थापनमा भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामी र सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा पूर्व आर्थिक मामिलामन्त्री प्रकाशसिंह रावल, सभा सदस्यहरु जानकी कुवर, मधु भारती, विक्रमसिंह धामी, दिवानसिंह विष्ट, कंचनपुर सहकारि संघका अध्यक्षका अध्यक्ष प्रेम सिह भाट पूर्व केसीसीआई माधवप्रसाद भट्ट, पन्तञ्जली कञ्चनपुरका अध्यक्ष गणेश देव भट्ट लाई नेपाल भारत सिमा क्षेत्रका साझा बिषयमा छलफल गराएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो नेपाल – भारत व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन उत्तराखण्डकाे राजधानी पुगेका बेला मैत्री संघका महासचिव जाेशीले नेपाल भारत सिमा क्षेत्रका समस्याका बारे छलफलमा बसाएका हुन ।

छलफलका क्रममा महासचिव जाेशी समेतका नेपाली प्रतिनिधिले बनबसा पुल १२ घण्टा खाेल्ने, टनकपुर पुललाई धार्मिक नाकाका रुपमा बिकास गर्दै मन्दिर दर्शनका लागि आउ जाउ गर्न साना सवारि साधन प्रवेश, दार्चुलामा निर्माणाधिन पक्किपुल संचालन र तुईन रहेका ठाउँमा झाेलुङ्गे पुलका बिषय उठान गरेकामा उत्तराखण्ड सरकारका मुख्यमन्त्री धामीले दार्चुलाकाे पक्कि पुल आफू र नेपालका तत्कालीन उद्याेग मन्त्री दिलेन्द्र प्रसाद बडू ले सिलान्यास गरेकाे स्मरण गर्दै छिट्टै उद्घाटन गरेर संचालनमा ल्याउने, परम्परागत समयबाट आवतजावत हुने तुईनका ठाउँमा झाेलुङ्गे पुल निर्माण गर्न पहल गर्ने, टनकपुर पुल बाट साना साधन आवत जावत बारे रिपाेर्ट तत्काल माग गरेकाे र बनबसा पुल १२ घण्टा संचालनका लागि उत्तर प्रदेश सरकार संग समन्वय गर्ने बताएको मंत्री संघका महासचिव जाेशीले बताएका छन ।

मुख्यमन्त्री घामीले पशुपतिनाथ मन्दिरकाे दर्शनका लागि चाडै आउने प्रयास गर्ने समेत बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply