असार १ धनगढी
जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध नियन्त्रण कार्यविधि बनाएको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलनको आयोजना गरि सोको बारेमा जानकारी दिएको छ ।
कार्यविधिलाई प्रभावकारी कार्यान्वयन गर्न पत्रकारहरुसँग सुझाव पनि मागेको थियाे । जिल्लाका गाउँटोल देखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेका र अभिभावकसँग ४ दिने अनुशिक्षणका कार्यक्रमको समेत कार्यविधिमा चर्चा गरिएको छ ।
कार्यक्रममा ९ लाख ७६ हजार खर्च हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिहं राणाले जानकारी दिए । ‘काम हामी गर्छौँ बिल भुक्तानी पालिकाले गर्ने हो’ उनले भने ‘सहभागीहरुका लागि खाना खर्च र भत्ताको समेत व्यवस्था गरिने छ ।’
मनोचिकित्सकद्वारा परामर्श, सहभागिको सामुहिक प्रतिवद्धता, समिति गठन,भौतिक रुपमा बसालेर पाठ्यक्रम वनाई परामर्श गर्ने जस्ता कार्यक्रम कार्यविधिमा समेटेको उनले बताए ।