पुनर्वास नगरपालिकाको ७५ करोड बढीको बजेट पारित, कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

असार १०, २०८२
कञ्चनपुर – पुनर्वास नगरपालिका, कञ्चनपुरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख १८ हजार ६१ रुपैयाँको बजेट पारित गरेको छ। मङ्गलबार सम्पन्न नगर सभाको बैठकमार्फत प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८२ अनुसार यो बजेट पारित गरिएको हो।

संविधानको धारा २२९ को उपधारा (२) बमोजिम प्रस्तुत बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतलाई मुख्य आयस्रोतका रूपमा समावेश गरिएको छ।

बजेटका मुख्य आयस्रोत

संघीय सरकारबाट

वित्तीय समानीकरण अनुदान: रु. १४ करोड ९३ लाख

सशर्त अनुदान: रु. २८ करोड ६८ लाख

राजस्व बाँडफाँड: रु. १२ करोड ७० लाख १३ हजार ६१

प्रदेश सरकारबाट

वित्तीय समानीकरण अनुदान: रु. १ करोड ४२ लाख ३ हजार

विशेष अनुदान: रु. ४५ लाख

समपुरक अनुदान: रु. ६९ लाख

सवारी कर बाँडफाँड: रु. ८५ लाख २ हजार

आन्तरिक स्रोत

आन्तरिक राजस्व: रु. ४ करोड ३० लाख

अनुमानित अतिरिक्त आय: रु. ९ करोड

प्राथमिकता प्राप्त क्षेत्रहरू

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै यसरी बजेट विनियोजन गरेको छ:

शिक्षा क्षेत्र: रु. २ करोड

स्वास्थ्य क्षेत्र: रु. १ करोड

कृषि विकास शाखा: रु. ८० लाख

पशु विकास शाखा: रु. ६० लाख

युवा उद्यमशीलता (हेफर इन्टरनेशनल साझेदारीमा): रु. १ करोड

नगर स्तरीय योजना: रु. ४ करोड

क्रमिक योजना: रु. ५ करोड ५० लाख

समपुरक कोष: रु. ५ करोड

युवा तथा खेलकुद: रु. २५ लाख

विपद् व्यवस्थापन: रु. ४० लाख

वडागत पुँजीगत खर्च (सिलिङ)

नगरपालिका अन्तर्गतका ११ वटै वडाका लागि छुट्याइएको योजनागत खर्च यस प्रकार रहेको छ:

वडा नं. १, ५, ९, ११: रु. ५५ लाख

वडा नं. २, ८: रु. ५० लाख

वडा नं. ३, ४, ७: रु. ४० लाख

वडा नं. ६, १०: रु. ४५ लाख

चालु खर्चतर्फ ११ वटै वडाका लागि कुल रु. ३३ लाख छुट्याइएको छ।

विनियोजन विधेयकअनुसार, नगर कार्यपालिकाले आवश्यकता अनुसार एक शीर्षकको रकमको २५% नबढ्ने गरी अर्को शीर्षकमा सार्न सक्नेछ। २५% भन्दा बढी रकम स्थानान्तरण गर्न नगर सभाको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply