बेलौरीमा माधव पौडेल , पुनर्वास मा धनबहादुर बिक
कञ्चनपुर –
पुनर्वास ११ असार –
नेपाल पत्रकार महासंघका कार्यसमिती सदस्य हरूलाई संस्थागत गतिविधि सञ्चालन गर्नका निमित्त पालिका संयोजक तोकेको छ ।
असार ९ गत सोमबार पत्रकार महासंघको कार्यालय महेन्द्रनगर मा बसेको बैठकले जिल्ला का सबै पालिकाहरूमा महासंघ का कार्यसमिति सदस्य हरूलाई
नगरपालिकासंग समन्वय र सहकार्य गरि नगरपालिका क्षेत्रमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका संस्थागत गतिविधि सञ्चालन र सम्पादनको लागि सहजिकरण गर्ने उदेश्य ले संयोजक तोकेको हो ।
नेपाल पत्रकार महासंघको विधान २०६०( पाँचौ संशोधन २०७५ ) को परिच्छेद ५ को दफा २० को उपदफा १,२,३ र मिति २०८२ साल असार ९ गते बसेको वैठकको निर्णय अनुसार बिगत दुई दशकदेखि पत्रकारिता पेशा गर्दै आइरहेका पत्रकार धनबहादुर बिक लाई पुनर्वास नगरपालिका को संयोजक र बेलौरी नगरपालिकाको संयोजकको जिम्मेवारी विगत एक दशकदेखि पत्रकारिता चलाउदै आईरहेका माधव पौडेललाई दिईएको छ ।
नगरपालिकासंग समन्वय र सहकार्य गर्न,नगरपालिका क्षेत्रमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका संस्थागत गतिविधि सञ्चालन र सम्पादनको लागि सहजिकरण गर्न,पालिका क्षेत्रमा पत्रकारहरुको पेशागत हक अधिकार र हितको लागि काम गर्न, पालिका क्षेत्रमा रहेका सरकारी गैरसरकारी कार्यालय, संस्था प्रतिष्ठान संग सहजिकरण, समन्वय र सहकार्य गरी पत्रकार र पत्रकारितासंग सम्बन्धित कार्यक्रम सन्चालनमा सहयोग र सहजिकरण गर्न समेत पालिका संयोजकको जिम्मेवारी दिइएको महासंघका कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीले बताउनु भएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले भिमदत्त नगरपालिकामा केशब भट्ट ,दोधाराचाँदनी नगरपालिकामा सुरेश भट्ट, वेदकोट नगरपालिकामा सुजित सिनाल, शुक्लाफाँटा नगरपालिकामा दिनेशराज ओझा, बेलौरी नगरपालिकामा माधव पौडेल, पुनर्वास नगरपालिकामा धन बहादुर बिक, बेलडाँडी गाउँपालिकामा धन बहादुर महता( बिकास) र लालझाडी गाउँपालिकामा भवानी भट्ट ( भुवन ) लाई पालिका संयोजक तोकेको छ ।