शैक्षिक स्तरबृद्धिका लागि महेन्द्रनगर नमुना माविको नयाँ योजना

समिति र शिक्षकविच सम्झौता, स्वमूल्याङ्कन र प्रोत्साहन कार्यक्रम घोषणा

कञ्चनपुर, असार १२
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर नमुना माध्यामिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले नयाँ योजना लागू गरेको छ। विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच औपचारिक रुपमा कार्यसम्पादन सम्झौता गरिएको हो।

सम्झौता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र विद्यालयका प्रधानाध्यापक देवराज भट्टबीच भएको हो। सम्झौतामा चालु शैक्षिक सत्र २०८२ देखि लागू हुनेगरी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

स्वमूल्याङ्कन प्रणाली: शिक्षकहरूले आफैं आफ्नो कार्य मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ।

प्रोत्साहन योजना: उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकलाई समितिबाट सम्मान गरिनेछ।

शैक्षिक डायरी वितरण: शिक्षक र कर्मचारीलाई दैनिक कार्य अभिलेखनका लागि डायरी प्रदान गरिएको छ।

विद्यालयको गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा मिलेर काम गर्ने सहमति भएको छ।

महेन्द्रनगर नमुना मावि लामो समयदेखि विद्यार्थी संख्या धेरै हुने र सक्रिय शैक्षिक गतिविधिहरूका लागि चर्चित सामुदायिक विद्यालय हो। पछिल्ला वर्षहरूमा शैक्षिक सुधारका लागि विविध पहल गर्दै आएको यस विद्यालयले यसपटक थप योजनाबद्ध ढंगले काम गर्न समिति–शिक्षक सम्झौतासम्मको चरणमा पुगेको हो।

प्रधानाध्यापक देवराज भट्टले समितिसँग सहकार्य गर्दै नयाँ शैक्षिक सुधार कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

शिक्षकको भूमिकालाई सक्रिय बनाउँदै स्वमूल्याङ्कन र प्रोत्साहन प्रणाली जस्ता पहलले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यो पहल अन्य विद्यालयहरूका लागि पनि अनुकरणीय बन्न सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply