लागूपदार्थ विरुद्धको दुई दिने जनचेतना र्‍याली सम्पन्न

कृष्णपुर, असार १३
कञ्चनपुर -बैजनाथ बाल क्लबको आयोजनामा तथा कृष्णपुर नगरपालिका–१ को आर्थिक सहयोगमा सञ्चालन भएको दुई दिने लागूपदार्थ विरुद्धको जनचेतना र्‍याली आज सम्पन्न भएको छ। दोस्रो दिनको र्‍याली बिहान कालिका माध्यमिक विद्यालय, बण्डबाट सुरु भई बङ्क, पल्लो मोतीपुर हुँदै पुनः कालिका माविमा नै औपचारिक समापन गरिएको हो। झण्डै १० किलोमिटर दूरीको यो र्‍याली अत्यन्त उत्साहजनक रूपमा सम्पन्न भएको क्लबले जनाएको छ।

समापन कार्यक्रमका प्रमुख अतिथि बालअधिकार संयोजक तथा वडा नं. १ का वडा सदस्य श्री मदन थापा थिए भने विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पहरियाका इन्चार्ज मानसिंह धामी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयले गर्नुभएको थियो।

कोषाध्यक्ष वासुदेव पाण्डेयले जानकारी दिँदै भने, “कार्यक्रम पूर्ण रूपमा सभ्य र मर्यादित वातावरणमा सम्पन्न भएको छ। स्थानीय प्रहरी, समाजसेवी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता र सहयोगले गर्दा कार्यक्रम अझै सान्दर्भिक र प्रभावकारी बन्न सकेको हो।”

औपचारिक समापन बैजनाथ बाल क्लबका अध्यक्ष मिना धामीले गर्नुभयो। उहाँले बालमैत्री वडा घोषणाका लागि क्लबले आगामी दिनमा पनि यस्तै जनचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र किशोर–किशोरीहरूलाई सही मार्गतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply