अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण

असार १४ धनगढी
बैतडीको सुर्नया गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको छ । (ग) वर्गको अपांगता भएका पालिकाभित्रका १ सय १० जनालाई बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।

प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,सुर्नया गाउँपालिका र सर्वाङ्गिण अपांगता विकास समाज नेपालको संयुक्त सहकार्यमा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो ।

अपांगता भएका नागरिकहरुको जिविकोपार्जनमा सहयोग पुर्याउनका लागि बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

प्रति व्यक्ति एक बाख्राका दरले १ सय १० जनालाई बाख्रा वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply