“धानबाली जोगाउँदै अघि बढ्यो विकास”

कृष्णपुर-९ मा बाटो विस्तार कार्य अघि बढ्दो, अध्यक्ष बलायरको पहलमा जेसिबीमार्फत करिब ३०० मिटरसम्म कार्य सम्पन्न

सरस्वती सुनार १५ असार २०८२
कञ्चनपुर -कृष्णपुर नगरपालिका–९ स्थित राजघाट घोडाघाट खानेपानी क्षेत्रबाट बालुवा नाला हुँदै सैनाल देवता मन्दिर र रनसिंह तिरुवाको घरतर्फ जोडिने बाटोमा जेसिबी प्रयोग गरी टर्याग खेल्ने (सम्याउने) कार्य सुरु गरिएको छ।

वडा अध्यक्ष कैलाश बलायरको अगुवाइमा सुरु भएको यस विकास कार्य हाल बालुवा नाला र घलघले नाला दोभान नजिकैसम्म पुगेको छ। अहिले सम्म करिब ३०० मिटर क्षेत्रफलमा बाटो सम्याउने कार्य सम्पन्न भइसकेको वडा कार्यालयले जनाएको छ।

धानबाली रोपिएकाले कार्य केही समयका लागि स्थगित:अध्यक्ष बलायरले जानकारी गराएअनुसार, बाटो विस्तारको बाँकी भागमा अहिले धानबाली रोपिएकोले किसानको श्रमप्रति सम्मान जनाउँदै अस्थायी रूपमा कार्य रोकिने निर्णय गरिएको हो। बाँकी कार्य उपयुक्त समय आएपछि निरन्तर अघि बढाइने बताइएको छ।

स्थानीयवासीहरूले यो बाटो निर्माणपछि छाडा पशु र जंगली जनावरबाट हुने क्षति न्यूनीकरण हुने, कृषिमा पहुँच र उत्पादनशीलता वृद्धि हुने, साथै विद्युतीय पोल जडानजस्ता अन्य विकासका योजना अघि बढ्न सक्ने बताएका छन्।

यस सडकमार्गले विकट बस्तीलाई केन्द्रसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीयले वडा अध्यक्ष बलायरप्रति धन्यवाद व्यक्त गर्दै कार्यलाई छिट्टै सम्पन्न गर्न आग्रह समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply