राउटे समुदायका मुखियासँग विशेष भेटघाट: स्थायी बसोबासको तयारीमा ४० घरधुरी

रैकवार खबर दैनिक १६ असार २०८२
कृष्णपुर: राउटे समुदायका प्रमुख तीन जना अगुवा — प्रकाश ब. शाही, प्रेम ब. शाही र खगेन्द्र ब. शाही — कृष्णपुर नगरपालिका कार्यालयमा नगरप्रमुख हेमराज ओझासँग विशेष भेटघाट गरेका छन्। सुर्खेतबाट आएका उहाँहरू यसअघि दैलेखमा बसोबास गर्दै आएका थिए र अब निकट भविष्यमा दाङ बसाइ सर्ने योजनामा रहेको जानकारी गराइएको छ।

मुखिया प्रकाश ब. शाहीका अनुसार हाल राउटे समुदायमा ४० घरधुरीमा करिब २४४ जनसंख्या रहेको छ। अब उप्रान्त स्थायी रूपमा बसोबास गर्दै बालबालिकालाई औपचारिक विद्यालय शिक्षामा सहभागी गराउने योजना रहेको उहाँले बताएका छन्।

नगर प्रमुख ओझाले राउटे समुदायको यस्तो निर्णयलाई स्वागत गर्दै राज्यका तर्फबाट आवश्यक व्यवस्थापन र सहयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए। “एकाइसौँ शताब्दीमा पनि नागरिकले घुमन्ते जीवन बिताउनु राज्यका लागि लज्जास्पद कुरा हो,” नगरप्रमुख ओझाले भने, “गणतन्त्र आएको पनि झन्डै एक दशक भइसकेको अवस्थामा पनि राज्य जिम्मेवार नहुनु दु:खद हो।”

उहाँले राउटे समुदायको गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा राज्यकोषबाट र नगरपालिका स्तरबाट पहल गर्नुपर्ने सुझाव सहित अतिथिहरूलाई सम्मानसहित स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply