हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा इन्डक्सन चुलो खरिदका लागि दरभाउपत्र आह्वान

कञ्चनपुर, १४ असार २०८२
कृष्णपुर नगरपालिका–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आ.व. २०८१/८२ को स्वीकृत वार्षिक कार्ययोजनाअन्तर्गत विद्युतिय चुलो

(Induction Cooktop) तथा इन्डक्सन आधार भएको प्रेसर कुकर खरिद गर्न सिलबन्दी दरभाउ पत्र पेश गर्न सम्बन्धित इच्छुक फर्म तथा सप्लायर्सहरूलाई आह्वान गरेको छ।

समूहका अनुसार इच्छुक आपूर्तिकर्ताहरूले नेपाल सरकारबाट इजाजत प्राप्त हुनुका साथै फर्म दर्ता प्रमाणपत्र, VAT दर्ता प्रमाणपत्र, र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिसहित सात दिनभित्र सिलबन्दी दरभाउ पत्र पेश गर्नुपर्नेछ।

दरभाउ पत्र दस्तुर:
विद्युतिय चुलो (Induction Cooktop): रू. १,००० मात्र

प्रेसर कुकर (इन्डक्सन आधार): पहिचान आधारमा

प्रमुख शर्तहरू:
मूल्यमा VAT नसमेटिएको हुनुपर्नेछ।

मूल्य अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ।

RETS (Renewable Energy Test Station) बाट प्रमाणित सामग्री अनिवार्य।

म्याद नाघेको वा अधुरो दरभाउपत्र मान्य नहुने।

दरभाउपत्र पेश गर्ने अन्तिम म्यादपछि आठौं दिन दिउँसो २:०० बजे समूहले दरभाउपत्र खोल्नेछ।

समूहले दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार आफूमा सुरक्षित राखेको छ। थप जानकारीका लागि समूहको कार्यालयमा कार्यालय समयमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply