कृष्ण केसी साउन २५
बाँके – बाँकेको अष्टम साना किसान कृषि सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ६ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष देवबहादुर ओलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य प्रबन्धक हरिचन्द्र केसीले बजेट प्रस्तुत गर्नुभएको थियो।
संस्थाले कृषिको रूपान्तरण, पशुपालन प्रवर्द्धन र उद्यमशीलताको विकासलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ। बजेटमा व्यावसायिक कृषि र पशुपालनमा संलग्न किसानहरूलाई सहुलियत कर्जा वितरणका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै मझौला तथा ठूला फर्मका लागि कृषि तथा पशु क्षेत्रमा २० करोडको लगानीको व्यवस्था गरिएको छ।
बजेटका प्रमुख कार्यक्रम:
कृषि क्षेत्रमा: बीउ वितरण, सिँचाइ मोटर, कृषक तालिम लगायतका लागि १८ लाखभन्दा बढी
पशु क्षेत्रमा: बीमा, नस्ल सुधार, खोर सुधार, अवलोकन भ्रमणलगायत कार्यक्रमका लागि ३५ लाखभन्दा बढी
शिक्षा र स्वास्थ्य: विपन्न बालबालिकालाई शैक्षिक सामग्री, महिलालाई निःशुल्क स्वास्थ्य शिविर
सेवा सुविधा: सेयर सदस्य र कर्मचारीको क्षमता अभिवृद्धि तालिम, जेष्ठ नागरिक तीर्थयात्रा
पूर्वाधार विकास: ८२ लाख रुपैयाँ
नाफा लक्ष्य: चालू वर्षमा ८ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य
मुख्य प्रबन्धक केसीले सम्पूर्ण सेयर सदस्यहरूको प्रेरणाले संस्थालाई व्यवसायिक, सबल र आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट ल्याउन सफल भएको बताउनुभयो।
संस्थाले सञ्चालन गर्दै आएको **‘अष्टम राय सिमिल’ र ‘अष्टम दूध डेरी’**को आधुनिकीकरणका लागि पनि बजेटमा विशेष जोड दिइएको छ।