नेपाल पत्रकार महासंघ कञ्चनपुरले पुनर्वास नगरपालिकामा संयोजक तोक्यो

कञ्चनपुर, असार २५ – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पुनर्वास नगरपालिकामा संस्थागत समन्वय, सहकार्य तथा पत्रकार हित संरक्षणका लागि पालिका संयोजक तोकेको छ।

शाखाको मिति २०८२ असार ९ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार महासंघका कार्यसमिति सदस्य श्री धन बहादुर विकलाई पुनर्वास नगरपालिकाको संयोजकको जिम्मेवारी दिइएको हो। संयोजक विकले अबदेखि पुनर्वास नगरपालिका र त्यहाँका विभिन्न निकायहरूसँग सहकार्य गर्दै पत्रकारहरूको हक–हित तथा संस्थागत क्रियाकलापको समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

महासंघका सचिव कुन्दन पाण्डेयले पुनर्वास नगरपालिकामा पत्र पठाउँदै संयोजक विकलाई आवश्यक सहयोग, सहजिकरण तथा समन्वय प्रदान गर्न आग्रह गरेका छन्।

पत्रकारहरूको अधिकार संरक्षण, पेशागत मर्यादा प्रवर्द्धन तथा संस्थागत उपस्थितिलाई अझ मजबुत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघले सबै स्थानीय तहमा संयोजक तोक्ने कार्य अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply