साउन ०१ धनगढी
साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बिहिबार पनि नेपालले श्रीलंकालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ । यसअघि श्रीलंका सँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित गरेको नेपालले बिहिबार पनि सोही गोलअन्तरले श्रीलंकालाई पुनः पराजित गरेको हो ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो । नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक–एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।
जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ । बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1