टी-२० विश्वकप २०२६ को उपाधिका लागि भारत र न्युजिल्यान्ड आमनेसामने

फागुन २४
भारत र श्रीलंकामा ५४ वटा रोमाञ्चक खेलहरू सकिएपछि अब विश्व क्रिकेटको महाकुम्भ अन्तिम मोडमा आइपुगेको छ।

१८ टोलीहरू बाहिरिइसकेका छन् र अब उपाधिको लागि दुई टोली बाँकी छन, भारत र न्युजिल्यान्ड। अहमदावादको नरेन्द्र मोदी स्टेडियममा राति सवा सात बजे हुने यस फाइनल खेलले उपाधिको फैसला गर्नेछ।

साविक विजेता भारत चौथो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ, जुन अहिलेसम्मकै धेरै हो। सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीसँग यसपटक धेरै वटा इतिहास रच्ने अवसर छ। अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले पुरुष टी-२० विश्वकप जितेको छैन भने कुनै पनि टोलीले लगातार दुई पटक उपाधि रक्षा गर्न सकेको छैन। त्यसैले भारतले जितेमा तीन पटक यो ट्रफी उचाल्ने पहिलो टोली बन्नेछ।

यद्यपी भारतका लागि एउटा ठूलो चुनौती छ। अहिलेसम्म टी-२० विश्वकपमा भारतले न्युजिल्यान्डलाई हराउन सकेको छैन। यो ‘खराब रेकर्ड’ तोड्न भारत आतुर छ।

न्युजिल्यान्ड दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो। सन् २००० को च्याम्पियन्स ट्रफीपछि उनीहरू पहिलो पटक आईसीसी पुरुष ह्वाइट-बल क्रिकेटको उपाधि जित्ने दाउमा छन्। सन् २०२४ मा न्युजिल्यान्डको महिला टोलीले विश्वकप जितेको थियो। यदि मिचेल सान्टनरको कप्तानीमा रहेको पुरुष टोलीले पनि जितेमा, न्युजिल्यान्ड एकै पटक पुरुष र महिला दुवै टी-२० विश्वकपको च्याम्पियन बन्नेछ।

सेमिफाइनलमा पुगे पनि केही कमजोरीहरू अझै बाँकी छन्। प्रारम्भिक ब्याटर अभिषेक शर्माको लय खराब छ। बलर वरुण चक्रवर्ती पछिल्ला केही खेलमा महँगो साबित भएका छन्, त्यसैले उनको ठाउँमा स्पिनर कुलदीप यादव वा वासिङ्टन सुन्दरलाई खेलाउने बहस भइरहेको छ। सञ्जु सामसन भने लयमा फर्किएका छन् र हार्दिक पाण्ड्याको बलिङले भारतलाई थप बलियो बनाएको छ।

न्युजिल्यान्ड ‘ग्रुप अफ डेथ’ बाट उक्लिँदै फाइनलमा पुगेको हो। उनीहरूले सेमिफाइनलमा दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई हराएका छन्। पछिल्ला केही वर्षमा भारतमै भएको टेस्ट र एकदिवसीय शृङ्खला जितेकाले न्युजिल्यान्ड उच्च मनोबलमा छ। टिम सेफर्ट र फिन एलेनको ओपनिङ जोडी निकै विस्फोटक देखिएका छन्।

अहमदावादको पिचमा स्पिनरभन्दा तीव्र गतिका बलर बढी सफल देखिएका छन्। त्यसैले भारतले मोहम्मद सिराजलाई टोलीमा समेट्न सक्छ भने न्युजिल्यान्डले पनि थप एक फास्ट बलर राख्न सक्छ।

अहमदावादमा राति हुने खेलहरूमा पहिले ब्याटिङ गर्ने टोली बढी सफल भएका छन्। यहाँको औसत पहिलो इनिङ स्कोर १९२ रन छ। भारतले यस प्रतियोगितामा आफ्ना ७ मध्ये ६ जित पहिले ब्याटिङ गर्दा हात पारेको छ भने न्युजिल्यान्डले लक्ष्य पछ्याउँदा ५ मध्ये ४ खेल जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply