फेभरेट’ को दबाब झेल्दै फाइनल पुग्ने दक्षिण अफ्रिकाको लक्ष्य

फागुन १८
दक्षिण अफ्रिकाका क्रिकेट प्रशिक्षक शुक्री कोनराड चाहन्छन् कि उनको टोलीले न्युजिल्याण्ड विरुद्धको बुधबार हुने महत्त्वपूर्ण सेमिफाइनल अघि आफूलाई ‘फेभरेट’ (विजेता बन्न सक्ने बलियो टोली) को रूपमा स्वीकार गरोस् र निर्धक्क भएर खेलोस्।

दिल्लीमा आइतबार जिम्बाब्वेलाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका यो विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ।

अब बुधबार न्यूजिल्याण्डसँग कोलकतामा हुने पहिलो सेमिफाइनल खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लगाउनेछ।

प्रशिक्षक कोनराडलाई आफ्ना खेलाडीहरूले दबाबलाई राम्रोसँग झेल्दै जितको यात्रा जारी राख्ने पूरा विश्वास छ।
कोनराडले भने, ‘दबाब सधैं हुन्छ। महत्त्वपूर्ण कुरा यो हो कि तपाईं त्यो दबाबलाई कसरी सम्हाल्नुहुन्छ। हामीले

न्यूजिल्याण्डका लागि पनि उस्तै तयारी गर्नेछौं जुन अहिलेसम्म गर्दै आएका छौं।’

उनी अगाडि भन्छन्, ‘हामी प्रतियोगिताकै एक मात्र अपराजित टोली भएकाले सायद हामीलाई ‘फेभरेट’ मानिएको हो। म खुसी छु कि हामी फेभरेट हौं। दक्षिण अफ्रिकी टोलीका लागि बलियो टोलीको रूपमा चिनिएर खेल्नु राम्रो कुरा हो। कमजोर टोली (अन्डरडग) बनेर खेल्दा मानिसहरूको अपेक्षा कम हुन्छ र खेल्न सजिलो हुन्छ, तर हामीले यो पटक बलियो टोलीको छवि बनाएका छौं।’

उनले राम्रो प्रदर्शनसँगै थोरै भाग्यको पनि साथ चाहिएको र बुधबार जितेर अहमदाबादमा हुने फाइनल खेल्ने आशा व्यक्त गरे। अर्को सेमिफाइनलमा मुमबईमा बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

दक्षिण अफ्रिकाको यो जितको यात्रामा कप्तान एडेन मार्करमको ठूलो भूमिका छ। उनी यस प्रतियोगितामा सेमिफाइनल पुगेका चार टोलीमध्ये सबैभन्दा धेरै रन बनाउने ब्याटर हुन्। प्रशिक्षकका अनुसार सन् २०२४ को विश्वकप फाइनलमा भारतसँग हारेको अनुभवले मार्करम र टोलीलाई धेरै कुरा सिकाएको छ र उनीहरू अहिले अझ परिपक्व भएका छन्।

कोनराड भन्छन्, ‘जब तपाईं बारम्बार सेमिफाइनल र फाइनलमा पुग्नुहुन्छ, कुनै न कुनै दिन पक्कै उपाधि जित्नुहुन्छ। यदि त्यहाँ पुग्नै सकिएन भने त जित्ने सम्भावना नै हुँदैन। गणितीय हिसाबले अहिले हाम्रो उपाधि जित्ने सम्भावना २५ प्रतिशत छ, यदि बुधबार जित्यौं भने यो ५० प्रतिशत पुग्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply