कञ्चनपुरमा अपराध नियन्त्रण: प्रहरीको कडा रणनीति

साउन ५, कञ्चनपुर

कञ्चनपुरमा पछिल्ला वर्षहरूमा लागुऔषध दुव्र्यसन, चोरी–तस्करी, सवारी दुर्घटनालगायत अपराध बढ्दै गएका छन्। यस्ता गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पछिल्ला वर्षहरूमा कडा र प्रभावकारी रणनीति अपनाएको छ।

लागुऔषध नियन्त्रणमा कठोरता

लागुऔषध ओसारपसार, सेवन तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिँदै आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा सयौं अभियुक्त पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

२०७९/०८०: १०५ मुद्दा (२९३ अभियुक्त)

०८०/०८१: १८१ मुद्दा (२८७ अभियुक्त)

०८१/०८२: १७७ मुद्दा (२६५ अभियुक्त)

उक्त अवधिमा प्रहरीले १,६७१.७७ ग्राम खैरो हिरोइन, ११५.२१९ किलो चरेश, ७८.६३ केजी गाँजा, १,९५८ एम्पुल, र १६८ ट्याब्लेट बरामद गरेको छ।

प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडक बहादुर खत्री भन्छन्, “मात्र कारबाही होइन, जनचेतनामूलक अभियानमार्फत विद्यार्थी, अभिभावक, समुदायलाई पनि लागुऔषधको असरबारे सचेत तुल्याउने प्रयास भइरहेको छ।”

चोरी–तस्करीमा पनि कडाइ

भन्सार छली सामान तथा चोरी–तस्करी नियन्त्रणमा पनि कञ्चनपुर प्रहरीले दृढता देखाएको छ।

०८०/०८१: ६ करोड ३७ लाख रुपैयाँ बराबरको सामान नियन्त्रण

०८१/०८२: ७ करोड ३९ हजार मूल्य बराबरको भन्सार छली सामान बरामद

गत वर्ष: ९७ सवारीसाधन नियन्त्रण, ६ जना पक्राउ

वातावरणीय अपराध र अन्य कारबाही

अवैध नदी उत्खननबाट: ११.८५ लाख रुपैयाँ जरिवाना

मदिरा सेवन गरी गाडी चलाउने चालकबाट: १.७४ लाख रुपैयाँ जरिवाना

काठ तस्करीमा: ५५ क्युफिट काठसहित ८ जना पक्राउ, ११.५५ लाख जरिवाना

सवारी दुर्घटना र मुद्दा फछ्र्यौट

गत आर्थिक वर्षमा ५२० सवारी दुर्घटना भएकोमा ४८० मुद्दा फछ्र्यौट भएका छन्।
प्रहरी तथ्यांकअनुसार, ९६४ मुद्दा दर्ता भई ६२३ मुद्दा फछ्र्यौट हुँदा करिब ६५% निष्कर्षमा पुगेका छन्।
त्यसमध्ये ३७ गम्भीर मुद्दा (हत्या, परीक्षा ऐन उल्लंघन आदि) रहेका छन्।

फरार अभियुक्त नियन्त्रण र हराएका व्यक्ति फेला

०८०/०८१ मा: १,३०७ फरार अभियुक्तमध्ये ३४५ जना पक्राउ

०८१/०८२ मा: १,२६५ मध्ये ४८७ जना पक्राउ

हराएका ४२० महिला, बालबालिका तथा जेष्ठ नागरिकमध्ये ३८० जना फेला पारिएको

समुदाय–प्रहरी साझेदारी: सचेतनाको बलियो खाका

प्रवक्ता डिएसपी सागर बोहरा भन्छन्, “अपराध नियन्त्रणमा समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकता दिइएको छ। २७ प्रकारका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।”

एसपी खत्री थप्छन्, “लागुऔषध, सवारी दुर्घटना, साइबर अपराध, घरेलु हिंसाजस्ता चुनौती बढ्दो छ। न्यूनतम स्रोत भए पनि अधिकतम सेवा प्रवाह गर्न प्रतिबद्ध छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply