धानको न्यूनतम समर्थन मूल्य निर्धारण

धनगढी, असोज ३१, २०८२
नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय कैलालीले चालु वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जनाएको छ।

कृषकहरूको हित, संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल साउन २६ गतेको निर्णयअनुसार धानको मूल्य तोकिएको कार्यालयले जनाएको हो।

कार्यालयका अनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. ३,४६३.८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु. ३,६२८.३३ निर्धारण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जारी गरेको सूचनामा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी तथा धान–चामलका उद्योगी व्यापारीहरूलाई उक्त मूल्यको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ।

यसैगरी, कैलाली जिल्लाका सबै स्थानीय तहका कार्यपालिकाका कार्यालयहरूलाई पनि नेपाल सरकारको उक्त निर्णयलाई आफ्नो क्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

कार्यालयका अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यले स्थानीय कृषकलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र कृषिमा रुचि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply