हेमा भट्ट साउन १५
धनगढी – सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रदेखि तराईसम्म नेपाल टेलिकम अहिले सबैभन्दा भरपर्दो सूचना तथा सञ्चार सेवा प्रदायकका रूपमा अगाडि आएको छ। ग्रामीण भेगसम्म सहज नेटवर्क पहुँच, उच्च गतिको इन्टरनेट सेवा र छिटो समस्या समाधान गर्ने प्रणालीले टेलिकमप्रति जनताको विश्वास मजबुत बनाउँदै लगेको देखिन्छ।
धनगढी उपमहानगरपालिका–५ की रमिला साउँद भन्छिन्, “पहिले इन्टरनेट चलाउँदा धेरै समस्या हुन्थ्यो। अहिले भने मोबाइलमा राम्रो नेटवर्क आउँछ, इन्टरनेट पनि छिटो चल्छ। सेवा धेरै सुध्रिएको छ।”
नेपाल टेलिकमले हाल कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी, बझाङ, डोटी लगायतका जिल्लामा ४जी मोबाइल सेवा, FTTH इन्टरनेट, NTTV, स्थिर टेलिफोन र विभिन्न डेटा प्याकेज विस्तार गरेको छ। ग्रामीण क्षेत्रमै टावर स्थापना, इन्टरनेट फाइबर विस्तार र नेटवर्क मजबुत पार्ने कार्य तीव्र गतिमा भइरहेको छ।
टेलिकमका प्रमुख सेवा सुविधाहरू-:
4G मोबाइल सेवा – टावर विस्तार, राम्रो सिग्नल र कलको स्पष्टता
FTTH सेवा – उच्च गतिको Wi-Fi, IPTV, Landline सुविधा
NTTV सेवा – इन्टरनेटमार्फत दर्जनौं च्यानल हेर्ने सुविधा
Voice/Data Packages – दैनिकदेखि मासिकसम्मका सुलभ प्याकेज
स्थिर टेलिफोन सेवा – कार्यालय, बैंक, विद्यालय आदिका लागि अझै उपयोगी
धनगढी कार्यालय प्रमुख मल्लको भनाइ:हामी सधैं गुनासो आएपछि मात्रै होइन, गुनासो आउनुअघि नै समाधानको खोजीमा हुन्छौं,” टेलिकम धनगढी कार्यालयका प्रमुख मल्लले बताए।
उनका अनुसार सेवा विस्तारसँगै ग्राहक सन्तुष्टि नै टेलिकमको प्रमुख लक्ष्य हो।
प्रमुख मल्ल ग्राहकसँग प्रत्यक्ष संवाद गर्न रुचाउँछन् र उनीहरूलाई आवश्यक सेवाबारे सल्लाह र सुझाव दिन सिपालु छन्। ग्राहकले कुन डेटा प्याक प्रयोग गर्ने, कसरी नेटवर्क बलियो बनाउने वा कसरी सस्तो दरमा सेवा लिन सकिन्छ भन्नेमा उनी प्रस्ट मार्गदर्शन दिन्छन्।
नेपाल टेलिकमले सेवा गुणस्तर, पहुँच र नविन प्रविधिको प्रयोगमार्फत सुदूरपश्चिम प्रदेशमा डिजिटल पहुँच विस्तार गरिरहेको छ। टावर स्थापना, फाइबर विस्तार र प्रभावकारी ग्राहक सेवा प्रणालीका कारण टेलिकम सुदूरपश्चिमको डिजिटल भविष्यको भरपर्दो आधार बन्दै गएको छ।