दोस्रो सिजनको एनपिएल मंसिर १ देखि

भदौ ५ धनगढी
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को मिति घोषणा गरेको छ।

क्यानले एनपिएल मंसिर १ देखि २७ सम्म काठमाडौंमा गर्ने घोषणा गरेको हो। यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

त्यसका लागि सरकारले प्यारापिट र फ्लाड लाइट जडान गरिरहेको छ। सो काम एनपिएलअघि सकिने विश्वास छ।

यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन्। त्यसका लागि टोलीहरुले ११-११ जना नेपाली खेलाडी भित्र्याइसकेका छन्।

अब विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाइनेछ।

एनपिएलअघि नेपालले ओमानमा हुने आइसिसी टी-२० विश्वकप छनोट खेल्दैछ। सो छनोटमा सहभागी हुने नौ मध्ये शीर्ष तीनमा परे नेपाल विश्वकपमा पुग्नेछ।

पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply