इंग्लिस प्रिमियर लिग : टोटनहमसँग सिटी घरमै स्तब्ध

भदौ ८ धनगढी
टोटनहमले शनिबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले स्तब्ध पारेको छ । युरोपा लिग विजेता टोटनहमबाट इतिहाद रंगशालामा ब्रेनन जोहन्सन र जाओ पाल्हिन्हाले पहिलो हाफमै गोल गरेका थिए ।

जोहन्सनले ३५ औं मिनेटमा रिचार्लिसनको क्रसमा ‘ट्यापिङ’ गर्दै गोलको खाता खोलेका थिए । बायर्न म्युनिखबाट आएका फुलहमको पूर्वमिडफिल्डर पाल्हिन्हाले पहिलो हाफको इन्ज्युरी टाइममा सिटीका गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरेका हुन् ।

स्पर्सका नयाँ व्यवस्थापक थोमस फ्रान्कले प्रिमियर लिगको पहिलो दुई खेलमै लन्डनको टोलीलाई विजय दिलाउँदै शीर्षस्थानमा पुर्‍याएका हुन् । सिटीले सिजनको पहिलो खेलमा बर्नलीलाई ३–० ले हराएको थियो । यूईएफए सुपर कपमा २ गोलको अग्रता लिए पनि टोटनहम पेनाल्टी शुटआउटमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएको थियो । तर प्रिमियर लिगका दुई खेलमा टोटनहमले कुनै गोल खर्चेको छैन ।

खेलाडीहरूप्रति मलाई अत्यन्तै गर्व छ, उनीहरूले असाधारण प्रर्दशन गरे,’ फ्रान्कले भने, ‘मानसिकता मुख्य कुरा हो, हामीलाई यस्ता खेलहरू जित्न यो मानसिकता चाहिन्छ ।’ उनले टोलीमा नयाँ ल्याइएका पाल्हिन्हासहित मोहम्मद कुडुसको प्रदर्शनको खुलेर तारिफ गरे ।

जोहन्सनले ३५ औं मिनेटमा रिचार्लिसनको क्रसमा ‘ट्यापिङ’ गर्दै गोलको खाता खोलेका थिए । बायर्न म्युनिखबाट आएका फुलहमको पूर्व मिडफिल्डर पाल्हिन्हाले पहिलो हाफको इन्ज्युरी टाइममा सिटीका गोलरक्षक जेम्स ट्राफोर्डले गरेको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरेका थिए ।

ब्राजिली गोलरक्षक इडर्सन फिट भएर फर्किए पनि सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले ट्राफोर्डलाई नम्बर एक गोलरक्षक भूमिकामा राखेका थिए । इडर्सन टर्किस क्लब गालाटासारे जाने सम्भावना छ, जसले पीएसजीका इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्माको सिटी आउने बाटो खुल्ने अनुमान गरिएको छ ।

सिटीेले पहिलो खेलमा उल्भसलाई ४–० ले हराएको थियो । तर घरेलु मैदानमा भएको पहिलो खेलमै पराजित भएपछि सिटीको उपाधि लयमा फर्किने योजनामा गम्भीर धक्का लागेको छ । गत सिजन च्याम्पियन लिभरपुल, दोस्रो स्थानको आर्सनलपछि सिटी तेस्रो स्थानमा थियो । आक्रोशित ग्वार्डिओलाले आफ्नो टोलीले सामान्य कुराहरू बिर्सिरहेको जनाए ।

टोटनहमसँगको १३ प्रिमियर लिग खेलमा सिटीले केवलमा ४ पटकमात्र विजय हात पारेको छ, जबकि यो समयमा स्पर्सको व्यवस्थापक थुप्रै पटक परिवर्तन भएको छ ।। गत सिजनमा पनि टोटनहमले इतिहादमा ४–० को विजयी नतिजा निकालेको थियो, तर टोलीले प्रिमियर लिगमा केवल ६ खेल ‘क्लिन सिट’ राखेको छ । जसका कारण टोटनहमले १७ औं स्थानमा सिजन टुंग्याएको थियो ।

शनिबारका अन्य खेलमा बर्नलीले सन्डरल्यान्डलाई २–० ले, ब्रेन्टफोर्डले एस्टन भिल्ला र बर्नमाउथले उल्भसलाई समान १–० को अन्तरमा पराजित गरे । बर्नली, ब्रेन्टफोर्ड र बर्नमाउथ तीनै टोलीको यो पहिलो जित हो । चेल्सी शुक्रबार राति सुरुआतमै गोलले पछाडि परे पनि वेस्ट ह्यामलाई ५–१ ले पराजित गर्न सफल भएको थियो । पहिलो खेलमा क्रिस्टल प्यालेससँग रोकिएको चेल्सीले विजयको स्वाद चाखेको हो भने वेस्ट ह्याम लगातार दोस्रो खेलमा पराजित भएको हो ।

लुकास पाक्विटाले सानदार गोल गर्दै छैटौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । कोल पाल्मर ‘वार्मअप’ मै घाइते भएर मैदान छाड्नुपरे पनि चेल्सीलाई त्यसको प्रभाव परेन । जाओ पेड्रोले १५ औं मिनेटमा बराबरी गोल गरे । पेड्रो नेटाले २३ औं र इन्जो फर्नान्डेजले ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई मध्यान्तरसम्म ३–१ को अग्रता दिलाए । मध्यान्तरपछि मोइसेस काइसेडो र ट्रेभाह चालोबाहले गोल थपेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply