एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात

भदौ १९ धनगढी
एएफसी यू -२३ एसिया कप छनोटको समूह ‘के’को खेलमा नेपालले खराब सुरुवात गरेको छ।

बुधबार राति सकिएको खेलमा नेपाललाई‌ घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो।

खेलमा नेपाल ४-० ले पराजित भयो।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो।

ताजिकिस्तानका लागि एजिजबोएबले दुई गोल गरे। उनले खेलको ३९ र ५८ मिनेटमा गोल गरेका थिए।

नेपालले तेस्रो गोल ९० मिनेट र चौथो गोल इन्जुरी समयमा खाएको थियो।

अब नेपालले शनिबार सिरिया र मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply