भदौ ३० धनगढी
दुई आयोगका दुई जना सदस्यले राजीनामा दिएका छन् । मधेसी आयोगका सदस्य विजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले भदौ २९ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुंगेलले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि जेठ २९ गतेदेखि नै लागू हुनेगरी राजीनामा दिएका हुन् ।
राष्ट्रपति पौडेलले दुबै जनाको राजीनामा स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले सोमबार जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1